२०८१ भाद्र २३
                           

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौँ, ४ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक शनिबार बस्ने भएको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्वस्थताका कारण बिहीबार स्थगित भएको बैठक आज बस्न लागेको हो ।

आजको बैठकमा प्रदेश २ को नेकपा देखिएको विवादमा छलफल गरिने नेकपाको सचिवालले जनाएको छ । बैठकले एकता प्रक्रियाका बाँकी रहेका कामको पनि टुङ्गो लगाइने बताइएको छ ।

पार्टीको लेखा आयोग, प्रवास कमिटी, अनुशासन आयोग लगायतका विभिन्न सङ्गठनको समायोजन तथा कार्यविभाजन गर्ने तयारी नेकपाको छ ।

प्रतिक्रिया दिनुहोस्