-शीतल गिरी
उत्पादनका शक्तिहरू उत्पादनको एउटा रूप हो, यो उत्पादनको तरीकाको पनि एउटा रूप हो जसले मानीसको प्राकृतिक शक्तिहरूसँग सम्बन्ध प्रकट गर्दछ र यस कुरोलाई पनि संकेत गर्दछ कि कुन शक्तिको उपयोग गरेर यो उत्पादन गर्न सकिन्छ । उत्पादनको यो अर्को रूप हो, उत्पादन गर्नमा मानिसहरूको आपसी सम्बन्ध के हो ? अथवा उत्पादन सम्बन्ध कुन किसीमको छ । मानीसले प्रकृतिसँग संघर्ष गर्दछ र प्रकृतिलाई भौतिक बस्तुहरू उत्पादन गर्नको लागि प्रयोगमा ल्याउछन् । तर यो काम एक्ला एक्लै गर्न सकिन्न, मिलेर समुहमा गर्दछ । यसकारण उत्पादन हरेक अवस्थामा एउटा सामाजिक उत्पादन हो ।
यस उत्पादनको दौरान मानिस एक अर्कोसँग सम्बन्ध स्थापित गर्दछ । यदी उत्पादन लुट खसोट भएन भने यो सम्बन्ध आपसमा सम्झौताको आधारमा हुनेगर्छ ।
यदी यो लूट खसोटमा आधारित छ भने त यो सम्बन्ध मालिक र नोकरको हुनेगर्छ । उत्पादन सम्बन्धको कुनै पनि रूप किन नहोस्, यो उत्पादनको त्यतिकै आवश्यक अंग हो जती की उत्पादनका शक्तिहरू ।
यसकारण जब हामी उत्पादनको तरिकाको कुरा गर्दछौं त यसको अर्थ उत्पादन सम्बन्ध अथवा उत्पादन शक्तिहरू दुबै नै हुन्छ । उत्पादनको यो पहिलो लक्षण हो कि त्यो एक स्थानमा धेरै समयसम्म अपरिवर्तनीय रहदैन, त्यो सधै बदलिरहन्छ र उन्नती गर्दै रहन्छ । यसकारण उत्पादनको तरीकामा परिवर्तनको प्रभाव हाम्रो विचार, राजनैतिक मान्यताहरू र सामाजिक धारणाहरू अथवा कार्यमा परिरहन्छ । उत्पादनको बदलिएको तरिकाको साथै त्यस सामाजिक ढांचामा पनि परिवर्तन आउने गर्छ । सामाजिक परिवर्तनको अलग अलग अवस्थामा मानिस उत्पादनको अलग तरिकाको उपयोग गर्दछन् ।
वास्तवमा समाजमा जस्तो उत्पादनको तरिका हुन्छ, त्यस्तै किसिमको समाज बन्दछ र त्यसै अनुसार विचार, सिद्धान्त र सामाजीक धारणाहरू जन्मीन्छन् । यसको अर्थ हो समाजको उन्नतिको इतिहास उत्पादनको तरिकाको इतिहास हो जो कैयौं बर्षदेखि एक अर्कापछि जन्मीने गर्छ । यो उत्पादनको शक्तिहरू र उत्पादनको क्रममा मानिसको आपसी सम्बन्धको इतिहास हो । यस प्रकार सामाजिक विकासको इतिहास ति श्रमजिवीहरूको पनि इतिहास हो जसले भौतिक बस्तुहरू उत्पादन गर्दछ ।
ति श्रमजिवीहरू उत्पादनको सबभन्दा ठूलो शक्ति हो, जो आफ्नो श्रमबाट समाजलाई अगाडी बढाउदछन् ।
यसकारण इतिहासलाई यदि विज्ञान बनाउनु छ भने यसलाई राजाहरू, महापुरुषहरू अथवा योद्धाहरूको कार्यसम्ममात्र सीमीत राख्नु हुदैन, बरू यसलाई भौतिक बस्तु उत्पादन गर्ने, श्रमजिवीको र आम मानिसको इतिहास बनाउनु पर्छ । यसकारण पहिलो काम भनेको उत्पादनको नियमलाई बुझ्नु पर्छ, उत्पादक शक्तिहरू र उत्पादन सम्बन्ध र समाजको आर्थिक विकासको नियमलाई स्वीकार्नु पर्दछ । उत्पादनको अर्को लक्षण हो त्यसमा परिवर्तन र विकास, उत्पादन शक्तिहरू र सबभन्दा पहिले उत्पादनको औजारको विकासबाट हुन्छ । यसकारण उत्पादक शक्तिहरू, उत्पादनको सबैभन्दा क्रान्तिकारी अंग हुन्छ । पहिले समाजमा उत्पादक शक्तिहरू बदलिन्छ र पछि त्यसको आधारमा उत्पादन सम्बन्ध बदलिन्छ ।
यदि उत्पादक शक्तिहरूको विकासको अनुकूल उत्पादन सम्बन्ध बदलिदैन भने सामाजिक व्यवस्थामा संकट आउछ । सामाजिक परिवर्तनको जग उत्पादक शक्तिहरू हुन् ।
उत्पादनको साधनहरूको उन्नतीबाट उत्पादन गर्ने मानिसको सामाजिक र राजनैतिक विचार बदलिन्छ । जब पुरानो उत्पादन सम्बन्ध, यि शक्तिहरूका विकासमा अबरोध बन्दछ त यी शक्तिहरू ति सम्बन्धलाई तोडेर अगाडी बढ्दछ । यदि उत्पादन सम्बन्ध बदलिदैन भने त समाज गहिरो शंकटको शिकार बन्दछ । आज पूंजीवादी समाजको संकट पनि यसै संघर्षको परिणाम हो । समाजवादी व्यवस्थामा उत्पादन सम्वन्ध शक्तिहरूको विकासमा कसैले वाधा पु¥याउदैन ।
यसकारण समाजवादी समाजमा कहिल्यै पनि संकटको नाम सुन्न पाइदैन । साथै समाजवादी समाज विकासको गती पनि पूंजीवादी समाज भन्दा निकै धेरै हुन्छ । यसमा कुनै शंका छैन कि उत्पादनको सम्बन्ध सजिलैसँग बदलिदैन तिनीहरू धेरै समयसम्म उत्पादक शक्तिहरूकाविकासको गती पनि कम बनाउछ । खास गरीकन त्यस समय जब उत्पादन गर्ने श्रमजिवीले आफ्नो दायित्वको चेतना ग्रहण गर्न नसकेको अवस्थामा मात्र त्यस्तो हुने गर्छ । तर जब पनि उत्पादन यि श्रमजिवीहरूको हृदयमा उत्पादक शक्तिहरूको विकासमा अबरोध अनुभव उत्पन्न हुन्छ र यो पुरानो उत्पादन सम्बन्धलाई तोडेर नयाँ सम्बन्ध कायम गर्दछ ।
यसै प्रक्रियालाई सामाजिक क्रान्ति भनिन्छ । यदीहामी इतिहासलाई हेर्दछौं भने थाहा पाउनेछौं कि समाजको उत्पादन शक्तिहरूमा परिवर्तनका साथ साथै उत्पादन सम्बन्ध पनि बदलिरहन्छ ।
इतिहासमा मुख्य रुपबाट यिनै सम्बन्धको कुरो आउदछ । यसलाई राम्ररी बुझ्नको लागि हामीले समाजको विकासलाई बुझ्नु पर्दछ ।
प्रतिक्रिया दिनुहोस्