२०८१ भाद्र २३
                           

साउदीमा तेल क्षेत्रमा आक्रमण चीनले गर्‍यो विरोध, सी जिनपिङको साउदीका राजालाई फोन

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदी अरबको तेल उत्पादन क्षेत्रमा भएको आक्रमणको निन्दा गरेका छन् । सीले साउदी अरबका राजा सलमान बिन अब्दुल्ल अजिजलाई शुक्रबार टेलिफोन गरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेको समाचारमा जनाइएको छ।

सीले घटनाको ‘विस्तृत, वस्तुगत र निष्पक्ष’ अनुसन्धान गराउन माग गरेका छन् ।

‘आक्रमणले खाडी क्षेत्रमा तनाव बढाएको छ र विश्व तेल बजारलाई धक्का दिएको छ ,’ सीले भने ।

उनले मध्य–पूर्वी क्षेत्रमा थप तनाव बढाउने कार्यबाट टाढा रहन सबै पक्षलाई आह्वान गरेका छन् ।

उनले हालैका वर्ष साउदी अरब र चीनबीचको द्विपक्षिय सम्बन्ध तीव्र गतिमा वृद्धि भइरहेको कुराको प्रशंसा गरे ।

फोन सम्बादमा सीले साउदी अरबले एक चीन नीति, चीनका मुख्य चासोप्रति बलियो अढान देखाउने गरेकोप्रति धन्यवाद दिए ।

आफ्नो राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र स्थायित्वको प्रतिरक्षा गर्नको लागि साउदी अरबले गरिरहेको प्रयासमा पनि आफ्नो समर्थन रहेको चिनियाँ राष्ट्रपति सीले बताए ।

जवाफमा साउदी राजाले एक चीन नीतिप्रति आफ्नो देशको अढान दोहो¥याए र दुई देशबीचको विस्तृत रणनीति साझेदारी विकास गर्नमा आफूहरुले अत्यधिक जोड दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्