२०८१ भाद्र २३
                           

अमेरिकी डिभी लोटरीको फर्म अक्टोबर २ मा खुल्दै, यस्तो नयाँ प्रावधान

काठमाडौं । सन् २०२१ का लागि आगामी अक्टोबर २ देखि डिभी लोटरी खुल्ने भएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार आगामी अक्टोबर २ तारिख बुधबार न्युयोर्क समयअनुसार दिउँसो १२ बजेदेखि डिभी लोटरी भर्न सकिनेछ । लोटरी भर्ने समय नोभेम्बर ५ मंगलबार दिउँसो १२ बजेसम्म रहने जनाइएको छ ।

डिभी कार्यक्रममा सहभागी हुन १२ वर्षको कोर्ससहित हाइस्कुल वा सो सरहको पढाइ पूरा गरेको हुनुपर्ने प्रावधान छ । यदि उक्त योग्यता नभए अमेरिकी सरकारले तोकेका २ वर्षको तालिम वा अनुभव, ५ वर्षमा २ पर्षको कामको अनुभव भएको हुनुपर्छ ।

यस पटक डिभी लोटरीमा सहभागी हुन पासपोर्ट अनिवार्य बनाएको छ । डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नु पर्नेछ । पासपोर्ट पनि म्यादसहितको हुनु पर्नेछ । मुख्य आवेदकका हकमा पासपोर्ट आवश्यक परे पनि परिवारका अन्य सदस्यहरुको विवरण बुझाउँदा भने ती सदस्यहरुको पासपोर्ट नम्बर आवश्यक नपर्ने अमेरिकी सरकारले जनाएको छ ।

डिभी लोटरी फर्म भर्दा अन्तिम अवधिसम्म नकुर्न अमेरिकी सरकारले सुझाव दिएको छ । अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भरेको डिभी लोटरीको नतिजा सन् २०२० को मे ५ देखि आउन थाल्ने जनाइएको छ । यदि डिभी लोटरीका लागि छनौट भएमा र सबै योग्यता पूरा गरेमा सन् २०२० को अक्टोबरदेखि अमेरिकाको भिसा पाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्