२०८१ भाद्र २३
                           

बगर धितोमै ५ करोड ऋण : पूर्व सिइयोसहित पाँच कर्मचारी पक्राउ

काठमाडौँ ५ असोज । नक्कली धितो राखी करोडौ रुपैया ऋण दिएको अभियोगमा बैक अफ काठमाडौका पूर्व कार्यकारी अधिकृत अजय श्रेष्ठ र बैकका पाँच जना कर्मचारी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले  बैंकका कर्मचारीहरुमा किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठ पक्राउ गरेको हो । नक्कली जग्गा धनीको लालपूर्जा राखेर उनीहरुले कर्जा प्रवाह गरेको अभियोग लगाइएको छ ।

प्रहरीका अनुसार झापाको बिरिङ खोलाभित्रको जग्गा धितो राखेर ५ करोड रूपैयाँ ऋण प्रवाह गरिएको प्रकरण प्रहरीसम्म पुगेको हो । झापाकै ऋणी सुरेन्द्र श्रेष्ठले बिरिङ खोलाको बहाबमा पर्ने जग्गाको नक्कली धनीपूर्जा बनाएर चार वर्षअघि बैंक अफ काठमाण्डूबाट ५ करोड ऋण निकालेका थिए ।

तर, ऋण निकालेपछि उनी बैंकको सम्पर्कबाहिर थिए । उनले सावाँ व्याज दुवै तिरेका थिएनन् । सावाँ ब्याज नै हराएपछि बैंकको टोलीले खोज्दै जाँदा धितो राखिएको जग्गा खोलामा भेटिएको थियो । त्यसको धनीपूर्जा पनि नक्कली भेटिएपछि यो प्रकरण प्रहरीमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्