२०८१ माघ २४
                           

अध्यक्ष प्रचण्ड भन्छन्, ‘प्रधानमन्त्रीले चाहेमा मन्त्रिमण्डल पुनः गठन हुनसक्छ’

विराटनगर, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले बढ्दै गएको अराजक गतिविधि र उछृङ्खल गतिविधिप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नराम्रो गतिविधि नियन्त्रण गर्न सरकार र राजनीतिक दल लागिपरेको भएकाले वर्तमान प्रणालीमा कुनै खतरा नभएको दावी गरे ।

मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिए । मुुलुकमा सुशासन कायम गर्न कमी कमजोरीको समीक्षा गर्दै अघि बढ्नु बताए ।

अध्यक्ष दाहालले एक प्रश्नको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताए । प्रधानन्त्रीले नियमित रुपमा सरकार सञ्चालन गरिरहनु भएको प्रष्ट पार्दै प्रधानमन्त्रीले चाहेमा मन्त्रिमण्डलको पुनःगठन हुनसक्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्