२०८१ मंसिर ९
                           

चिकित्सकको लापरबाही : पत्थरीको अपरेशन गर्दा गयो विरामीको ज्यान

काठमाडौँ, ५ असोज । चाबहिलस्थित ओम अस्पतालमा यतिवेला तनावग्रस्त अवस्था सिर्जना भएको छ । चिकित्सकको लापरबाहीले विरामको मृत्यु भएको भन्दै आफन्तले तनावग्रस्त अवस्था सिर्जना गरेका हुन् ।

पत्थरीको अपरेशन गर्न अस्पताल पुगेकी धादिङकी २९ वर्षीया अनिता गुरुङको शनिवार मृत्यु भएपछि आफन्त विरोधमा उत्रिएका हुन् ।

अपरेशनको क्रममा चिकित्सकको लापरवाहीले नै विरामीको मृत्यु भएको आफन्तले दावी गरेका छन् । सानो शल्यक्रिया गर्दा पनि बिरामीको मृत्यु भएको भन्दै अहिले मृतकमा आफन्तले अस्पताल परिसरमा तोडफोडसहित नाराबाजी गरिरहेका छन् ।

अस्पताल प्रशासन र आफन्तकोबीचमा छलफल भैरहेको बताइएको छ । उपचारकै क्रममा यसअघि पनि सिन्धुपाल्चोककी ५० वर्षीया राम प्यारी थापाको पित्तथैलीको अपरेशन गर्ने क्रममा चिकित्सकको लापरवाही भएर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्