२०८१ भाद्र २३
                           

नेपाल तामाङ संस्कृतिक घेदुङ सिन्धुपाल्चोकको प्रथम भेला तथा अधिबेशनबाट अध्यक्षमा आश्मान लोप्चन चुनिय

असोज ५ आइतबार

नेपाल तामाङ संस्कृतिक घेदुङ को प्रथम भेला तथा अधिबेशन चौतारा साँगाचोकगढी नगरपालिकाको रक रिभर रिसोर्टमा चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर अमान सि. तामाङज्युको प्रमुख आथितेता नेपाल तामाङ संस्कृतिक घेदुङका संघियसचिव छेवाङ तेन्जिङ लामा र नेपाल तामाङ संस्कृतिक घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष रेशम स्याङ्बोको विषेश आथितेतामा त्यसै उक्त भेलामा नेपाल तामाङ संस्कृतिक घेदुङका प्रदेश सदस्य द्वय फूलकाजी स्याङ्बो दोर्जे लामा त्यसै गरि सिन्धुपाल्चोक जिल्लाका तामाङ जना प्रतिनिधिज्युहरुको पनि आथितेता रहेको थियो। भेलाको अध्यक्षता भने गायक आश्मान लोप्चनले गर्नुभएको थियो उक्त कार्यक्रममा अतिथिहरुले सन्दर्भिक मन्तव्य सगै सिन्धुपाल्चोकका उदयमान कलाकारहरुको प्रस्तुति समेत रहेको थियो। अधिबेशनले आश्मान लोप्चनको अध्यक्षतामा एक्काइस सदस्य कार्यसमिति चयन गरिएको छ, जसमा उपाध्यक्षमा जिबि जिम्बा सचिब पृतम तामाङ कोषाध्यक्ष अनुस्का दोङ सदस्यमा रोस्ना लुङ्बा, आशा तामाङ, सुनिल तामाङ, प्रेम तामाङ, इश्वर तामाङ, निमा तामाङ पाख्रीन, निमा डोल्मा तामाङ, लाक्पा दोर्जे तामाङ, फुलमाया (बिनिशा) तामाङ, सन्देश तामाङ, तेज तामाङ, दिनेश तामाङ, हिमाल तामाङ, भुमी तामाङ, सुरेन तामाङ, मन्जु तामाङ, सुरेश तामाङ रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई बदाई दिँदै प्रमुख अतिथी एवं चैतारा साँगाचोक गढी नगरपालिका मेयर अमान सिं तामाङले तामाङहरुको भाषा, संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने सम्पुर्ण कार्यहरुमा आफू हर तरिकाले सरसहयोग गर्न तत्पर रहेको बताउनुभयो । वर्षौं देखि आफू तामाङ अधिकारको पक्षमा लढ्दै आएको एक व्यक्ति भएको नाताले सबै तामाङहरुको समस्या आफ्नै जस्तो लाग्ने कारण कोहि कसैलाई अप्ठ्यारो परेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

उक्त अन्तिम सम्म सौहर्दापुर्ण वातावरणमा सप्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्