२०८१ कार्तिक २
                           

भारतबाट ह्‍याकरको योजना : यसरी गरिदियो प्रहरीले असफल

काठमाडौँ, ८ असोज । कृषि विकास बैंकबाट रकम चोर्ने गिरोहलाई प्रहरीले सार्वजनीक गरेको छ । बुधबार महानगरीय प्रहरी अपराध महाशाखाले पत्रकार सम्मेलन गरेर बैंक लुट्ने समुहलाई सार्वजनीक गरेको हो ।

पक्राउ पर्ने लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुबन्कर पन्जा, विजय साह र चन्द्र बहादुर बुढा रहेको महानगररीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

पक्राउ परेकामध्ये चार जनालाई मात्रै प्रहरीले सार्वजनीक गरेको छ । ह्‍याकरको समूहले नेपाली बैंकबाट करिब ५ अर्ब रुपैयाँ चोर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । रकम लुट्नेहरुले १५ देखि ३५ प्रतिशतसम्म रकम कमिसन दिई हुण्डीमार्फत् भारत पठाउने गरेको प्रहरीको भनाई छ ।

ह्‍याकरको समूहले भारतमा बसेर नेपालका व्यक्तिलाई सम्पर्क गरी विभिन्‍न बैंकबाट रकम चोरी गर्ने योजना बनाएको प्रारम्भीक अनुसन्धानले खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कृषि विकास बैंकबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ चोरि भइसकेको जानकारी दिए ।

कृषि विकास बैंकबाट चोरिएको १२ लाख रुपैयाँ नयाँ बानेश्वरस्थित पानस रेमिटबाट निकालेको अवस्थामा प्रहरीले बरामद गरेको छ । यो प्रकरणमा कृषि विकास बैंकमा हयाक गर्न सघाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्