२०८१ भाद्र २३
                           

ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया सुरु, सभामुख पेलेसीले भनिन्– राष्ट्रपतिले संविधानको घोर उल्लंघन गरे

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभकी सभामुख न्यान्सी पेलेसीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छन्। डेमोक्रेटिक पार्टीले औपचारिक रुपमा महाअभियोग प्रक्रिया सुरु गरेको हो।

ट्रम्पमाथि डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडेन र उनका छोराविरुद्ध भ्रष्टाचार अभियोगमा अनुसन्धान सुरु गर्न युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीमाथि दबाब दिएको आरोप छ। तर यसलाई ट्रम्पले अस्वीकार गर्दै आएका छन्। यद्यपि आफ्ना राजनीतिक प्रतिद्वन्द्वीका बारेमा युक्रेनी राष्ट्रपतिसँग छलफल गरेको भने उनले स्वीकार गरेका छन्।

ट्रम्पले अमेरिकी संविधानको घोर उल्लंघन गरेको आरोप लगाउँदै सभामुख पेलेसीले भनेकी छन्– राष्ट्रपति जवाफदेही हुनुपर्छ, कुनै पनि व्यक्ति कानुनभन्दा माथि छैन।’
ट्रम्पलाई पदबाट हटाउन गरिने प्रयासमा रिपब्लिकनका २० सांसद आवश्यक पर्छ, जसले आफ्नै पार्टीका राष्ट्रपतिविरुद्ध विद्रोह गरुन्।

जो बाइडेनले पनि महाअभियोग प्रक्रिया सुरु गर्ने तयारीको समर्थन गरेका छन्। उनले ट्रम्पविरुद्ध महाअभियोग चलाउन दुर्भाग्यपूर्ण भए पनि यो उनैको कारणले भएको बताएका छन्। पूर्व उपराष्ट्रपतिसमेत रहेका बाइडनले सन् २०२० मा हुने राष्ट्रपति चुनावमा ट्रम्पलाई चुनौती दिन सक्ने बताइएको छ।

ट्रम्पले भने महाअभियोग आफ्ना लागि राजनीतिक रुपमा सकारात्मक हुने बताएका छन्।

अमेरिकी संसदको तल्लो सदनमा २३५ डेमोक्रेट महाअभियोगको समर्थनमा छन्। ४३५ सदस्यीय तल्लो संसद हाउस अफ रिप्रजेन्टेटिभमा डेमोक्रेट सांसदको संख्या २३५ छन् भने रिपब्लिकन १९९ छन् भने स्वतन्त्र सांसद १ जना छन्। तर महाअभियोग तल्लो सदनबाट पास भएर आएपनि रिपब्लिकनको बहुमत भएको सिनेटबाट पारित हुन भने गा¥हो छ। १ सय सदस्यी सिनेटमा रिपब्लिकन सांसदको संख्या ५३ र डेमोक्रेटिक सांसद ४५ छन् भने स्वतन्त्र २ छन्।

प्रतिक्रिया दिनुहोस्