२०८१ भाद्र २३
                           

संध सस्थामा पारदर्शिताको कमी

निर्मल बस्नेत (बिकास)

USAID को सहयोगमा सिन्धुपाल्चोक जिल्लामा नागरिक समाजले पारस्परिक,जवाफदेहिता, पारदर्शीता बिकासको लागि नागरिक समाज तथा संचार जगतको भूमिका विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय सदस्य राजेन्द्र शर्माले एकले अर्कोलाई स्वीकार नगर्दा नागरिक समाजको गतिबिधि धरासयी बन्दै गएको औल्याए । सरकार परिवर्तन भएपनि नागरिक समाज र नागरीक समाजको गतिबिधि परिवर्तन नहुने तर्क गरे । शर्माका अनुसार राज्यको पुर्नसंरचना हुँदा नागरिक समाज बिकेन्द्रित हुन नसकेले पनि पारदर्शितामा कमी आएको बताए । त्यसैले साझा प्रतिबद्धता नै आजको आवश्यकता भएको जिकिर गरे ।
बार इकाईका शसिनाथ आचार्यले भने सरकारको आँखामा बाँधिएको पट्टी फुकाउने काम नागरिक समाजले गर्नुपर्ने हुन्छ । बिकासको लागि संस्थागत उत्तरदायित्व , जवाफदेहिता, जनसहभागिता आजको समस्या रहेको खुलासा गरे । नागरिक आफैप्रतिको आत्मबिस्वास र राज्यलाई दवाब र खबरदारी गर्न पछि परेको तर्क गरे ।
पत्रकार महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमल्सीनाले स्थानीय सरकारले आफ्नोलाई प्राथमिकतामा राखी काम गर्दै आएकोले अरुहरु मर्कामा परेको जनाए । यस्ता समस्या आउनुमा आफ्नो काम हुनको लागि गुलाम गर्न बाध्य भएकोले पनि भ्रष्टचार र अनियमितता बाहिर नआएको खुलासा गरे ।

कार्यक्रममा संचारकर्मी यज्ञ दंगालले आफ्नो धारणा राख्ने क्रममा भने बिकासको लागि आफ्नो मनोदसा नै सुधार गर्नुपर्ने कुरामा जोड दिए । पारदर्शिताको लागि राज्यले नीतिगत रुपमा योजना निर्माण गर्दा नै सुधार गर्नुपर्नेमा जोड थियो ।
कार्यक्रम मानव अधिकारकर्मी नातीबाबु धितालको सहजीकरण र नेपाल पत्रकार महासंघ नेपाल सिन्धुपाल्चोकका सचिव दिनेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । होटल अरनिको रिसोर्ट प्रा.लि. चौतारामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ,नेपाल

प्रतिक्रिया दिनुहोस्