२०८१ भाद्र २३
                           

क्याम्पसमा स्यानेटरी प्याड भेन्डिङ मेसिन जडान

चौतारा- चौतारा स्थित चौतारा बहुमुखी क्याम्पसमा राखिएको स्यानेटरी प्याड भेन्डिङ मेसिन साथै प्याड इन्सेर्तिओन विन्डो मेसिनको बिहीवार चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले उद्घाटन गरेकी छिन् ।

छात्राहरुलाई महिनावारी भएको बेलामा विद्यालय र क्याम्पस छोड्नु पर्ने बाध्यता अन्त्यका लागि नगरपालिकाले नगरभित्रका चौतारा बहुमुखी क्याम्पस, श्री कृष्ण रत्न गंगा मावि चौतारा र श्री जन जागृति मावि साँगाचोकमा स्यानेटरी प्याड भेन्डिङ मेसिन साथै प्याड इन्सेर्तिओन विन्डो मेसिन जडान गरेको हो।

किशोरीहरुको पढाई र सुरक्षालाई मध्यनजर गर्दै नगरभित्रका विद्यालय र क्याम्पसमा स्यानेटरी प्याड भेन्डिङ मेसिन साथै प्याड इन्सेर्तिओन विन्डो मेसिनको जडान गरिएको उपप्रमुख पराजुलीले बताईन् । उनले नगरभित्रका सबै सामुदायिक विद्यालय , नगर स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा सरकारी कार्यालयमा समेत मेसिन जडान गरिने जानकारी दिईन् ।

उक्त मेसिनले विद्यालय र क्याम्पसको छात्रा शाैचालयलाई स्मार्ट शाैचालय बनाउने चौतारा बहुमुखी क्याम्पसका स्ववियु सभापति मिलन लामाले जानकारी दिए ।

यता, मेसिन जडान भएपछि छात्राहरु खुशी भएका छन् । स्यानेटरी प्याड सहितको मेसिन जडानका लागि चौतारा सांगाचोक गढी नगरपालिकाले ४ लाख रुपैयाँ विनियोजन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्