२०८१ भाद्र २३
                           

रुपेश श्रेष्ठको “घिन्ताङ घिसी ट्वाक”

कवि तथा सञ्चारकर्मी रूपेश श्रेष्ठको कवितासंग्रह ‘घिन्ताङ घिसी ट्वाक’ विमोचन भएको छ । शुक्रबार राजधानीमा रूपेशकी आमा, मनु मञ्जिल र रूपेशले कृति विमोचन गरेका हुन् ।

कार्यक्रममा सञ्चारकर्मी दिलभूषण पाठकले ‘गाउँ जाने बाटो’, कवि भूषिता वशिष्ठले ‘ताप्के’ र कवि बाबु त्रिपाठीले ‘नेपाल यातायात’ गरी रूपेशकृत संग्रहबाट एक–एकवटा कविता वाचन गरेका थिए ।

कार्यक्रममा कवि मनु मञ्जिल उपस्थित थिए । उनले लामो समयको साथी रूपेशको कविता विमोचन गर्ने अवसर पाउँदा खुसी व्यक्त गरे । आफ्नो संस्कृतिको बिम्बमा कृतिको नाम राखेकोमा बधाई पनि दिए । भक्तपुरको प्रसिद्ध धिमे बाजालाई बिम्ब बनाएर कविताको शीर्षक बनाएकोमा निकै खुसी लागेको उनले बताए ।

केही कवितामा विरोधाभासको भाषा रहेको पनि मनु मञ्जिलको भनाइ थियो ।

कार्यक्रममा कवि रूपेशले संग्रहबाट ‘मैसापमो सारी’ कविता वाचन गरेका थिए । बुकहिलद्वारा प्रकाशित कृति ‘घिन्ताङ घिसी ट्वाक’मा ४२ वटा कविता संगृहीत छन् ।

प्रतिक्रिया दिनुहोस्