२०८१ भाद्र २३
                           

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

चौतारा- चौतारा साँगाचोकगढी नगरपालिकको आयोजना तथा स्वास्थ्य साहयता नेपालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शनिवार जल्केनी स्वास्थ्य चौकीमा चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयर जानुका पराजुलीको प्रमुख आतिथ्यता सो शिविर सम्पन्न भएको हो । शिविरमा २० देखी ६० वर्षका महिलाहरूको पाठेघरको मुखको क्यान्सरको जाँच भएको छ । उक्त निःशुल्क शिविरमा १ सय २२ जनाले सेवा लिएको थिए भने ९ जनाको पाठेघरको शल्यक्रिया गर्नु पर्ने देखिएको छ ।

कार्यक्रमको अध्यक्षता जल्किने स्वास्थ्य चौकी सञ्चालक समितिका अध्यक्ष तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष बेलबहादुर महतले गरेका थिए । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको सामाजिक बिकास समितिका अध्यक्ष राम प्रसाद गौतमको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

आइतवार विहान ८: ०० वजेदेखि वडा नं ५ को कार्यालयमा उक्त शिविर सञ्चालन हुने भएको हुँदा सम्पूर्ण महिला दिदिबहिनीहरुले आफ्नो स्वास्थ्य परिक्षण गराउन समेत नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शिवबहादुर पुरीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्