२०८१ भाद्र २३
                           

पारसको कीर्तिमानी शतकसंगै नेपालको सान्दार जित

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले सिंगापुरलाई हराएको छ ।

कप्तान पारस खड्काकाे कीर्तिमान शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो ।

ओपनर इशान पाण्डे ५ रनमा आउट भएको खेलमा कप्तान पारस र आरिफ शेखले नेपालको ईनिङ्स उकासेका हुन् ।

टी–ट्वान्टी क्रिकेटमा नेपालका लागि पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका पारसले ५२ बलमा नटआउट १ सय ६ रन बनाए ।

उनले ९ छक्का र ७ चौकाको मदतले सो रन बनाएका थिए । उनलाई आरिफले ३९ रनमा अविजित रहदै साथ दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।

सिंगापुरका लागि कप्तान टिम डेभिडले रनको ६४ अर्धशतकीय इनिङ्स खेले । यस्तै जनक प्रकाशले अविजित २५ रन बनाए ।

सुरेन्द्रन चन्द्रमोहनले ३५ रन तथा मन प्रित सिंहले १५ रन बनाए ।

नेपालका लागि करण केसीले २ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले १ विकेट लिए ।

जितसंगै नेपाल त्रिकोणात्मक सिरिजको फाईनल नजिक पुगेको छ । सिंगापुर र जिम्बावेबीच हुने अन्तिम खेलले नेपालको फाईनल सम्भावना टुङ्गो लगाउनेछ ।

पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

जिम्बावे एक खेलबाट २ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नेपाल दुई खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

एक खेलबाट अंक विहिन सिंगापुर तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्