२०८१ भाद्र २३
                           

स्याउलेमा पशुपंक्षि स्वास्थ्यशिविर सम्पन्न

चौतारा- जीविकोपार्जन र खानेपानी सरसफाइतथा स्वच्छता पूनस्र्थापना परियोजना अन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ स्याउलेमा शुक्रवार पशुपंक्षिहरुको लागी एक दिने स्वास्थ्यशिविर सम्पन्न भएको छ ।
कारितास जर्मनी र कारितास नेपालको सहयोगमाजनहित ग्रामिण सेवा समितिले सञ्चालन गरेको पशुपंक्षि स्वास्थ्यशिविर वाट स्याउले र सिम्पालकाभ्रेका २४७ कृषक लाभान्वित भएका थिए । कार्यक्रममा राँगा, भैँसी, गाई, गोरु, बाख्राकुखुरा, हाँस खरायो कुकुर आदिको स्वास्थ्योपचारको बारेमा परामर्श प्रदानगर्नुको साथै रोगको प्रकृति हेरी औषधीवितरण गरीएको थियो ।
कार्यक्रममा चौतारा सांगाचोकगढी नगरपालिका का वडा अध्यक्ष सानुकान्छा श्रेष्ठ, कारतिास नेपालका चक्र जोशी, जनहितका राजेन्द्र शर्मा लगाएतको उपस्थिती थियो ।वर्षातको समयको समाप्ती सँगसँगै पशु चौपायाहरुमाविभिन्नकिसिमको रोगको संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सञ्चालन गरिएको कार्यक्रममा १२ वटा वोका खसी पार्नुका साथै ९ वटा विरामी वाख्राको उपचार, १ वटा भैंसीको उपचार साथै २४७ जना कृषकका पशुपंक्षीलाइ लक्षणको आधारमा औषधी वितरण गरिएको जानाकारी जनहितका कार्यक्रम संयोजक रोहित शर्माले वताए।
वाख्राको निमोनियाको उपचार गर्नुभएकी कृषक सोममाया श्रेष्ठले घरआंगनमै उपचार पाएकोमा खुशी व्यक्त गरिन ।

प्रतिक्रिया दिनुहोस्