२०८१ भाद्र २३
                           

तस्करीको फरक तरिका : दुर्गा मूर्तिमा सामान तस्करी !

बाँके, १३ असोज । भगवतीको मूर्तिमा लुकाई छिपाई नेपाल ल्याउँदै गरेको लाखौँ रुपैयाँको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

नेपालगञ्ज भन्सारमा जाँचका क्रममा सशस्त्र प्रहरीले दशैँका लागि भारतबाट नेपाल ल्याउँदै गरेका दुर्गाको मूर्ति बोकेको ट्र्याक्टरबाट लाखौँ मूल्यका सामान बरामद गरेको हो ।

दुर्गाको मूर्तिसँगै तस्करी गरिल्याएको सामान सशस्त्रले बरामद गरेपछि तस्करको नयाँ शैलीबारे थाहा भएको हो । दशैँको पहिलो दिन भारतको रुपैडिहा लगायतका विभिन्न स्थानबाट नेपाल ल्याइँदै गरेका दुर्गाको मूर्तिमा लुकाई छिपाई सामान तस्करी भइरहेको जानकारी पाएपछि सशस्त्र प्रहरीले आइतबार जाँचका क्रममा सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी भन्सार सुरक्षा पोष्टका अनुसार राजश्व छलेर दुर्गाको मूर्ति बोकेको ट्र्याक्टरमा घर निर्माणको सामग्रसहित चिनी,  डाल्डा घीउ, चामल, तेललगायत सामान बरामद गरिएको हो । बरामद गरेका ती सामानको मूल्य रु नौ लाख ५० हजार रहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्