२०८१ भाद्र २३
                           

सामाजिक सञ्जालले जमाइरहेका छन् मिडियामाथि कब्जा

काठमाडौँ, १३ असोज । सामाजिक सञ्जाल अहिले विश्वभर लोकप्रिय बन्दै गएको छ । सामाजिक सञ्जालबाट सकारात्मक र नकारात्मक दुवै असर पुर्याएका छन् । सामाजिक सञ्जाल दुरुपयोग नेपालको सन्दर्भमा केहि बढ्को अनुमान सहजै लगाउँन सकिन्छ ।

तर, सामाजिक सञ्लाजको कुनै दुरुपयोग नभएको अग्रज पत्रकार किशोर नेपाल बताउँछन् । ‘नेपाली समाजमा पहिलेको जस्तो सुचनाको भोक अहिले छैन, पहिले र अहिलेको पत्रकारीतामा समेत सामाजिक सञ्जालको हातमा भएकाले सामाजिक सञ्जालको दुरुपयोग भएको छैन’ उनले भने ।
परेवाले सुचना लिएर हिड्ने समयलाई सम्झदै पत्रकार नेपालले अहिले विश्वका जुनसुकै कुनामा पनि एकसाथ सुचना प्रवाह हुने गरेको बताए । केहि कुरा पाउँन केहि गुमाउनपर्छ भनेजस्तै प्रविधिको प्रयोग गर्दा कुनै कुरामा नराम्रो सन्देश जानु सामन्य भएको उनले जनाए ।

२०१० सालपछि मात्रै विकास भएको सामाजिक सञ्जालले आआफ्नो ठाउँबाट काम गरिरेको उनको भनाई छ । ‘सामाजिक सञ्जालले गर्दा नै विश्व साँघुरीएको छ, जसले गर्दा अहिलेको परिपेक्षमा मिडियालाई समेत उसैको कब्जा जमाएका छन’ उनले भने ।

सामाजिक सञ्जाल पछिल्लो समयमा पावरको रुपामा स्थापित हुदै गएको अर्का पत्रकार उमेश श्रेष्ठ बताउँछन् । सामाजिक सञ्जाललाई दुरुपयोगको हिसाबमा मात्रै नभएर त्यसको प्रयोगलले भएको फाइदालाई माथि उठाउँनुपर्ने उनको भनाई छ ।

नेपालको परिपेक्षमा सामाजिक सञ्जाल सुचनाको एक छिटो र दरिलो स्रोतको रुपमा विकशित भएको उन बताउँछन् । ‘प्रधानमन्त्री र मन्त्रीलाई गाली गर्ने साधनको रुपमा मात्रै सामाजिक सञ्जाललाई नलिएर त्यसबाट भएको राम्रो पक्षलाई लिनु आवश्यक छ’ उनले भने, ‘दुरुपयोग बढ्दै गएकाले नै सत्ताधारी दलहरु समेत सामाजिक सञ्जालसँग खुट्टा कमाउँने गरेका पाइन्छ ।’

सदुपयोगको दृष्टिमा दुरुपयोग अलिक वढी भएको हुनाले सामाजिक सञ्जाललाई नियमन गर्नु आजको तत्कारो आवश्यकता भएको उनको ठहर छ । हाले देशमा चर्किएको पत्रकार सालिकराम पुडाशैनी प्रकरणमा पनि सामाजिक सञ्जाल धेरै तातिएको हुनाले छानविन प्रक्रियामा समेत असर पुगेको उनले बताए । सामाजिक सञ्जाल सुचना प्रवाहको दरिलो आधार भएकाले त्यसको सहि सदुपयोगमा ल्याउन नियमन गर्न आवश्यक रहेको जनाए ।

पहिलेको जस्तो पत्रिका र रेडियोको क्र्रेज सामाजिक सञ्जालको प्रयोगबाट नै घटेको अर्का पत्रकार प्रवेश सुवेदीले बताए । ‘पहिलेको मिडिया शासक, व्यापारीको मात्रै हुन्थ्ये । तर, अहिले सामाजिक सञ्जालको प्रयोग आएपछि जनताको मिडिया बन्न पुगेका छन्’ उनले भने ।

सामाजिक सञ्जालले विश्वमा सुचनाको क्रान्ति ल्याएको उनको दावी छ । अविविकशित मुलुकमाभन्दा विकशित मुलुकमा सामाजिक सञ्जालको दुरुपयोग धेरै भएको उनको अनुभव छ । ‘नेपालको सामाजिक सञ्जालले अपराध बढायो, कस्को छोरी कोसँग पाइल गई भन्ने कुरालाई लिइन्छ । तर, विकशित मुलुकमा सामाजिक सञ्जालले धेरै अर्थतन्त्र र सामानिक दुराचारमा समेत गम्भिर खालको असर गरेका छन्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्