२०८१ भाद्र २३
                           

नेपाल दक्षिण एसियकै पहिलो खुला दिसामुक्त देश

काठमाडौँ, १३ असोज । नेपाललाई आजबाट दक्षिण एशियाको पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त घोषण गरेका हुन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् ।  त्यस अवसरमा प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाईयुक्त राष्ट्र बनाउने अभियानमा अग्रसर हुन पनि सबैलाई आह्वान गरेका छन् ।

सन् २०११ मा सूरु गरिएको सो अभियान विद्यालय तह, जिल्ला तहमा सुरु गरिएको थियो । नेपालमा पहिलो पटक कास्की र अन्तिम भोजपुर जिल्लालाई खुला दिशा घोषणा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्