२०८१ भाद्र २३
                           

नेपालमा महिलाहरुको लागि अवसरको कमी छैन – भुषाल

चाैतारा- नेकपाका स्थायी कमिटि सदस्य, पुर्व मन्त्री तथा माननीय सांसद पम्फा भुषालकाे प्रमुख अतिथ्यतामा चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे आयोजना तथा आशा नेपालसँगकाे सहकार्यमा जनप्रतिनिधि महिलाहरू, महिला सञ्जालका पदाधिकारीहरू, राजनितिक तथा सामाजिक अभियानका अगुवा महिलाहरूका लागि ३ दिने नेतृत्व विकास तालिमकाे उद्घाटन भएकाे छ। ३ दिन सम्म चल्ने प्रशिक्षणमा विभिन्न विषयविज्ञहरूले प्रशिक्षण दिने कार्यक्रम रहेकाे छ । आजकाे कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य देशबन्धु, ३ नं प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, चाैतारा साँगाचाेकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ , महिला नेतृ अमृता नेपाल लगायतले प्रशिक्षणात्मक मन्तब्य राख्नु भएकाे थियाे।
सो कार्यक्रम सम्बोघन गर्दै प्रमुख अतिथि पम्फा भुषालले भने संविधानमा महिला अधिकारका सम्वन्धमा धेरै राम्राे व्यावस्था भएकाले महिलाहरू त्मविस्वासका साथ अगाडि बढ्नुपर्ने बताउनु भयाे ।
अबकाे निर्वाचनमा महिलाहरू कार्यकारी पाेष्टमा उठ्नकाे लागि आधार बनाउन , नेतृत्व क्षमतामा विकास गर्न र हरेक राजनितिक तथा सामाजिक अभियानहरूमा सक्रिय हुन आव्हान गर्नु भयाे।

प्रतिक्रिया दिनुहोस्