२०८१ भाद्र २३
                           

७ हजार ३ सय ७० डेंगुबाट संक्रमित

चाैतारा– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुबाट ६ जनाको मृत्यु भएको र ६७ जिल्लाका ७ हजार ३ सय ७० जना संक्रमित भएको जनाएको छ ।

गत साउन १ गतदेखि असोज १ गतेसम्मको तथ्यांक सार्वजनिक गर्दै महाशाखाले काठमाडौंमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १/१ जना गरी ६ जनाको ज्यान गएको जनाएको हो । पछिल्लो तथ्यांक अनुसार डेंगुबाट प्रदेश १ का १२ जिल्लामा डेंगुको संक्रमण फैलिए महाशाखाले जनाएको छ । जहाँ ९५६ जना संक्रमित छन् ।

प्रदेश १ को सुनसरी र झामा सवैभन्दा बढी प्रभावित भएका छन् । झापामा ३९७ र सुनसरीमा ३८२ जना डेंगुबाट संक्रमित भएको महाशाखाले जनाएको छ । त्यसैगरी प्रदेश २ का ८ जिल्लामा डेंगुको संक्रमण फैलिएको र ६२ जना संक्रमित रहेको जनाएको छ । प्रदेश ३ मा सबैभन्दा बढी डेंगुको संक्रमण फैलिएको छ । प्रदेश ३ का १३ जिल्लामा संक्रमण फैलिएको र ३ हजार ९ सय २९ जना डेंगुबाट सक्रिमित रहेको उल्लेख छ ।

प्रदेश ३ को काठमाडौंमा सवैभन्दा बढी १ हजार ३ सय ३१ जना संक्रमित छन् भने चितवनमा १ हजार २ सय ३७ जना डेंगुबाट संक्रमित रहेको महाशाखाले जनाएको छ । त्यस्तै, गण्डकी प्रदेशका १० जिल्लामा डेंगुको संक्रमण फैलिएको र १ हजार ९ सय ६४ जना संक्रमित रहेको उल्लेख छ । प्रदेश ५ का ११ जिल्लाका ३ सय ९६ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूर पश्चिम प्रदेशमा ५२ जना डेंगुबाट संक्रमित रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ महाशाखाको तथ्यांक

प्रतिक्रिया दिनुहोस्