२०८१ मंसिर ७
                           

१२ घन्टामा मन्त्रीको १४ कार्यक्रम

  • कृष्ण प्रसाद धिताल

देश सँघियतामा गए सँगै केहि नेतुत्ब र युवा नेताले आशा जगाएका छन् । आज मैले त्यहि आशा लाग्दा नेताको सक्रियताको बिषयमा लेख्न खोजिरहेको छु । मैले एउटा अबसर पाएको थिए । रसुवा घुम्नको लागि, प्रदेश तिनका सामाजिक बिकास मन्त्री युवराज दुलाल सँग, त्यो मेरा लागि अबसर थियो । यस अर्थमा पनि उहाँको सक्रियता, लोकप्रियतालाई मैले नजिक बाट निहाल्ने अबसर पाए । मनमा भएको उकुसमुकुस शान्त पार्न लेखिरहेछ छु त्यो पनि समय सहित, केहि मिनेट तलमाथि पर्ला अरु सबै उही समय उही अबस्था :
मिति २०७६ भदौ १५ गते हामी बिहान घुन्चे बजारमा थियौ । त्यो दिनको कार्यक्रमलाई छिटो गर्न र समयमानै सम्बन्धित ठाँउमा पुग्न मन्त्री ज्यु लगायत रसुवा जिल्लाको ने.क.पा ईन्चार्ज बिमला सुबेदी,महेन्द्र घोरासैनी,हेम चौलागाई म सहित सात जनाको टोली काठमाडौ बानेश्वरबाट दिउसो ३ बजे हिडेका थियौ । त्यहि बेलामा हो म मन्त्री ज्युको सबारी चालक किरण श्रेष्ठको प्यान भएको , अत्यन्तै कुशल चालक, भनेको समयमानै सम्बन्धित ठाँउमा पुयाउने र मिजासिलो किरण र मन्त्री जिको समय समायोजन गज्जब लाग्यो । गाडीमा बस्ने साथ मन्त्री ज्युले भन्नु भयो “रसुवाको बाटो केहि ठाँउमा समस्या होला हामी बेलुका साढे आठ बजे पुग्छौ । खाजा खाने समय छैन । स्याउ केरा किनौ , गाडीमा खार्दै जानुपर्छ” उहाँले भनेकै समयमानै हामी अघिल्लो दिन धुन्चे पुग्यौ यसबाट मैले बुझे किरण र मन्त्रीज्युको समयको सँयोजन ! बेलुका ८ः३० बजे घुन्चेमा हामीलाई स्वागत गर्न सुरक्षा निकायका प्रमुख,स्थानिय राजनैतिक दलका नेता, कर्मचारी लगायत अन्य उपस्थित हुनु भएको थियो । उहाँहरुको स्वागत , केहि समयको छलफल पश्चात ९ः ३० मा खाना खाएर हामी सबै सुत्यौ । मन्त्री ज्युले अघिल्लो दिननै बिहान साढे सात बजे कार्यक्रम शुरु गर्नु पर्छ भन्नु भएको थियो । राति देखिनै पानी परेको कारण भोलिपल्टको कार्यक्रम समय भन्दा केहि समय पछाडी गयो ।
बिहान सात बजेबाट मन्त्री ज्युको सक्रियता शुरु भयो ।सात बजे कार्यक्रमका सम्बन्धित ब्यतिmहरु हामी बसेको होटेलमा आईसक्नु भएको थियो । बाहिर पानी पर्ने क्रम राकियो । बिहानको खाजा ७ः४५ मा खाएपछि हाम्रो टोली आठ बजे होटेलबाट निस्कियो र रसुवा जिल्ला प्रशासनमा पहिलो भेटघाट भयो । प्रमुख जिल्ला अधिकारी अजुर्न भन्डारीज्यूसँग मन्त्री ज्युले पर्यटन बर्ष २०२०को रसुवामा तयारी र सम्भावना, नाकामा हुने गैर कानुनी गतिबिधीको बिषयमा छलफल भयो लगभग ३० मिनेट, ८ः३१ मा हामी त्यहाँबाट बाहिरियौ र प्रशासन कार्यलय भन्दा केहि माथि रहेको जिल्ला अस्पताल, जिल्ला जनस्बास्थ्य कार्यलयको अनुगमन तथा कर्मचारीहरु सँगको अन्तरक्रिया, समस्या गुनासो, सुन्ने कार्यक्रम थियो । सबैले आफना समस्या राखिसकेपछि मन्त्री ज्युले सबैको कुरालाईहरुलाई सम्बोधन गर्नु भयो जसबाट कर्मचारीहरुको मुहारमा खुशी देख्न सकिन्थ्यो । कार्यक्रम सकेर कर्मचारीहरु सँग सामुहिक फोटो खिचेर हामी ९ः४५ मा त्यहाँबाट हिड्यो । त्यसपछिको कार्यक्रम कालिका गाँउपालिका बडा न.२ मा रहेको कालिका हिमालयन मा.बि.को नयाँ भबन उदघाटन, लगभग एक घन्टा पैतालिस मिनेटमा धुन्चेबाट हामी कार्यक्रम स्थलमा आईपुग्यौ । ११ः४५ मा त्यहाँ पुग्ने साथ हामी खाना खान लाग्यौ । खान खाने समय थियो १५ मिनेट खान खाईसकेर १२ बजे मन्त्रीज्यू लगायत हामी बिद्यालयको नयाँ भवन कार्यक्रम उद्घाटनमा पुग्यौ । मन्त्री ज्यु कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो उहाँ उता ब्यस्त हुनुभयो, बिमला जि अतिथिको रुपमा रहनु भयो अरु साथीहरु कता जानुभयो, म चाहि प्रदेश सरकार समाजिक बिकास मन्त्रालयले परिक्षणको रुपमा गत बर्ष सञ्चालनमा ल्याएको एक बिद्यालय एक नर्स कार्यक्रमको भिडियो बनाउन लागे । त्यहाँको कार्यक्रम सकियो ३ः०० बजे, मन्त्रीज्यु अलिक हतारमै दखिनु हुन्थ्यो । अनाबश्यक कुराहरु सुन्नमा उहाँलाई फुर्सद थिएन । आयोजक सँग बिदा मागेर हामी ३ः१०मा त्यहाँबाट हिड्यौ नुवाकोट जिल्लामा बन्न लागेको बुहु प्राबिधिक बिद्यालयको जग्गा अनुगमन ,कालिका बाट हिडेको पैतालिस मिनेटमा हामी जग्गा रहेको इन्द्रणी घाटमा पुग्यौ । हामी पुग्दा बिदुर नगरपालिकाका मेयर सन्जु पण्डित, प्रदेश सदस्य, केशब पान्डे, हरानाथ खतिवडा, ने.क.पाका स्थानिय नेता,सि.डी.यो.सुरक्षा निकायका जिल्ला प्रमुखहरु आईसक्नु भएको थियो । जग्गाको भौगोलिक अबस्था र क्षेत्रफल हेरिसकेपछि मन्त्रीज्युले केहि कुराहरु भन्नु भयो लगभग १० मिनेट हामी त्यहाँ रहयौ । र उहाँहरुसँगै ४ः५५ मा हामी पुन निस्कियो । त्यहाँबाट पुग्यो भैरब मा.बि.स्कुलको भौतिक अबस्थाको निरिक्षण अनुगमन, लगभग १० मिनेट, त्यहाँबाट निस्कियौ ५ः२० मा अबको मिसन थियो त्रिशुली जिल्ला अस्पतालको अनुगमन, हामी अस्पतालमा ५ः२५ मा पुगेका थियौ । हामी पुगेपछि कर्मचारीहरुको चहलपहल बढयो र केहि कर्मचारीहरु त्रसित पनि देखिन्थे, अस्पतालमा बन्दै गरेको नयाँ भबनको अबस्था, कर्मचारीहरुको काम,बिरामी सँग भेटघाट गरि कर्मचारीहरुलाई मन्त्री ज्युको निर्देशन पछि हामी त्यहाँबाट निस्कियौ ५ः४५मा त्यसपछि पुग्यौ प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले बनाउन लागेको बहुउद्देश्य कर्बड हलको जग्गा अनुगमन, जुन नगरपालिकाले मन्त्रालयबाट अनुमोदनको लागि मन्त्री ज्युलाई देखाएका थिए । १० मिनेट ,त्यसपछि अब काठमाडौ जाने हो भन्ने हामीले सोचिरहेका थियौ तर नगरपालिकाका मेयर, स्थानिय प्रतिनिधी ज्युले मन्त्रीज्यू आउनु भएको बेलामा फाईदा उठाउनु पर्यो नि भन्दै तत्काल अनुगमन निरिक्षणको कार्यक्रम थप्दै जानुभयो ।

मन्त्रीज्यूको जोश, जाँगर उही थियो । हाँसेरै बर्वाद गरिहाल्नु भयो नि भन्दै उहाँहरुले लानु भएको ठाँउहरु हेर्दै गयौ, घडीमा ६ः०० बजिसकेको थियो । त्यसपछि लैगिङक हिँसामा परेका महिलाहरुको लागि बनाएको आवास (सेफ हाउस, अनुगमन १० मिनेट,ने.क.पा पार्टी कार्यलयमा कार्यकर्ता भेटघाट ५ मिनेट, खाजा १५ मिनेट, नगरपालिकाले बैकल्पिक रुपमा बहु प्राबिधिक बिद्यालयको लागि छनोट गरेको जग्गा अबलोकन च्वाडी पब्लिक मा.बिमा ५ मिनेट,पोष्ट बहादुर स्मृती पार्क निरिक्षण १० मिनेट, रंगशाला निमार्णको लागि जग्गा निरिक्षण १० मिनेट, गर्दा सात बजिसकेको थियो । अझै कार्यक्रम सकिएको थिएन । उहाँहरुले “मन्त्रीज्यू अब अन्तिम हो । बिद्यार्थी भाईबहिनीहरु कुरेर बसेका छन् तपाईकै मन्त्रालयलेनै दिएको पैसाले बनाएको पुस्तकालय छ रिबन मात्र काटिदिए हुन्छ” । म त्यो बेलामा सोच्दै थिए । जनताको नजरमा प्रिय हुनेलाई पनि सुख चाहि हुदो रहेनछ । रातपरिसकेको थियो । अरु साथीहरु मन्त्रीज्यूसँग गुनासो गर्दै हुनुहुन्थ्यो । सबैको अनुहारमा थकान देखिरहेको थिए । लाग्यौ सहिद जगत प्रकाश जँग बिद्यालयमा रहेको पुस्तकालय उदघाटन, १० मिनेट त्यहाँको सबै अबलोकन पश्चात उहाँहरु फर्कनु भयो र फेरि भन्नु भयो बुद्धाश्रममा कुरेर बस्नु भएको छ, हात हल्लाएर जानु होला भन्दै उहाँहरु जानुभयो हामी काठमाडौ आउन लाग्यो । केहि अगाडी आईसकेपछि हात हल्लाउनु भनेको ठाँउमा त लाईनमा खादा लिएर स्वागत गर्न कुरेर बस्नु भएको गाडीबाटै देखेपछि हामी ओर्लियो र मन्त्रीज्यूले बुढा बा आमा सँग कुरागर्नु भयो । १० मिनेट र अन्तिम भेटघाट देबघाट बृद्धाश्रम बाट बाहिर निस्कदा ७ः १५ भईसकेको थियो आउनु थियो काठमाडौ, गाडीमा चढेपछि मन्त्रीज्यूले भन्नु भयो काठमाडौ ९ः३० बजे पुगिन्छ । किरण जिलाई हेरेर म मुसुक्क हाँसे, त्यसपछि गाडीमा कसैको बोलि सुनिएन, नुवाकोट रातमाटामा आएर एक बोतल जीवनजल मन्त्री ज्युले खानुभयो र उही पुन उर्जा जोश जाँगरका साथ हामी उहाँले भनेकै समयमा ९ः३० काठमाडौ आईपुगियो । र मेरो मनमा एउटै कुरा घुमिरहयो । दिनभरिको मन्त्रीको सक्रियता, उहाँका योजना, कर्मचारीहरुलाई खुशी बनाउने शैली, सबभन्दा बढी सक्रियता देखेर सोचिरहे साँच्चै देश बनाउन भिजन भएका युवा नेतृत्वलाई दिने हो भने देशमा समृद्धि आउन समय लाग्दैन । र अब नेपाली राजनीतिमा पुस्ता हस्तान्तरणको आबश्यकता भईसकेको छ ।

भिडियोकाे लािग लिङ्क खाेल्नुहाेस्:

https://www.youtube.com/watch?v=gAY5oWSs5eQ

प्रतिक्रिया दिनुहोस्