२०८१ मंसिर ७
                           

गृह मन्त्रालयले गर्‍यो भाइटीकाको शुभ साइत सार्वजनिक

गृह मन्त्रालयले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिको सिफारिसको आधारमा भाइटीकाको साइत सार्वजनिक गरेको जनाएको हो। मन्त्रालयको अनुसार, कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले सिफारिश गरेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो। कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उहाँले बताउनुभयो।

कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ। सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन।

कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ।
कात्तिक ११ गते सोमबार गाई, गोरु र आत्म (म्ह) पूजा र कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्