२०८१ भाद्र २३
                           

अनेरास्ववियु सिन्धुपाल्चोक द्वारा परिचयात्मक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम

शुभ दिपावली , नेपाल संम्वत ११४० र छटको अवसरमा अनेरास्ववियू सिन्धुपाल्चोकले परिचयात्मक भेटघाट तथा शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पार्टी एकता भएपछिको पहिलोपटक अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले संयुक्त रुपमा कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा दुबै संघठनका जिल्ला तहका अगुवा तथा जिल्ला कमिटिमा आबद्ध बिध्यार्थिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज माधव सापकोटा सुबोध ले कुनै पनि क्षत्रमा अाफ्नो जिवनमा कुशल स्थायित्व कायम गर्नको लागि राजनिति अति महत्वपुर्ण तत्व भएको हुदा यसको लागि बिध्यार्थि तहबाटनै सम्पुर्णमा यसको पहुच पुर्याउन जरुरत रहेको छ र यसको लागि अनेरास्ववियू ले नेतृत्व लिने छ । बिध्यार्थिको लागि उक्त कार्यक्रममा विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला अध्यक्ष झम्क नेपालले बिध्यार्थि संघठन पार्टीको लागि महत्वपुर्ण र नर्सरीको रुपमा रहेको हुदा अब सक्षम र दक्ष ब्यक्तिले बिध्यार्थिको नेतृत्व गर्नु पर्ने बताए । यस्तै कार्यक्रममा साबिक अखिल क्रान्तिकारीका केन्द्रीय सचिव पवन कार्किले एकताको पुर्णता नपाउदै यस प्रकारको कार्यक्रम गरेर सिङगो देशलाई सकारात्मक सन्देश दिइएको बताए उनले भने अब तिहार पच्छात लगत्तै अनेरास्ववियुले केन्द्र देखि स्थानिय तह सम्मको कमिटिले पुर्णता पाउने छ । उक्त कार्यक्रममा जिल्ला तहका नेता पुर्ब संघठनका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्