२०८१ भाद्र २३
                           

दुर्घटना न्यूनिकरण गर्न चालक र सहचालकलाई सम्मान

सिन्धुपाल्चोक, १५ असोज । नजिकिदै गरेको चाडपर्वमा दुर्घटनाको सम्भावना धेरै हुने भएकाले न्युनिकरणका लागि प्रहरीले सवारी चालक र सहचालकलाई सम्मान गरेको छ । इलाका प्रहरी कार्यालय मेलम्चीले दुर्घटना न्युनिकरणका लागि सम्मान गरेको हो ।

सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभ कामना भन्ने मुल नारालाई सफल बनाउँन सबैलाई इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले आग्रह गरे ।

चाडपर्वमा हुने दुर्घटना र अन्य चोरी डकैतीको घटना हुने भएकाले त्यसलाई रोक्नका लागि यस्तो अभियाना सुरु गरेको उनको भनाई छ । यात्रा गर्दा आफ्नो सामानको बारेमा सहचालकलाई जानकारी गराउने, ज्येष्ठ नागरिक, महिला, बालबालिकालाई सम्मान गर्ने, मादक पदार्थ सेवन गरेर सवारीमा नचढ्ने नचलाउने, छतमा चडेर यात्रा नगर्न समेत आग्रह गरेको छ ।

कुनै पनि दुर्घटना भएको देखेमा तुरुन्त १०० मा फोन गर्न आग्रह गरेको छ । तुरुन्त प्रहरीलाई जानकारी गराउने, आफु चढेको सवारीको नम्बर नोट गर्ने, साथै अपरिचित ब्यक्तिले दिएको कुनै पनि चिज वस्तु नखाने, नलिने र लामो दुरिको यात्रागर्दा २ जना चालक छ÷छ्रैन हेर्न समेत प्रहरीले यात्रुहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्