२०८१ भाद्र २३
                           

प्रश्न ?

सरल सहयात्री

प्रश्नसंग नै प्रश्न गर
उत्तरहरु संग प्रश्न गर
जबसम्म भेटिदैन सत्य
प्रश्नहरु माथी प्रश्न गर

फरक पर्छ उही आँखा
शाशक बनेपछी परेला खुल्दा
फरक पर्छ देखिई रहेका दृश्य
सत्तासिन भएर पुन हेर्दा
आफ्नै आँखाहरुसंग प्रश्न गर
दृश्यहरु सङग प्रश्न गर
हरेक पलसंग र
स्वयं प्रश्नसंग प्रश्न गर

लिखित इतिहाससंग चित्त नबुझाइ
बर्तमानका प्रभावसंग प्रश्न गर
भिडसंग हो-हल्ला नगरी
होहल्ला माथी प्रश्न गर

एउटै कर्मले प्रफुल्लित लोकप्रीयहरु
लोकप्रियताकै अभेध्य आबरण ओडी हिंडि दिन्छन
सेवामा समर्पित भावहरु
सेवाकै ढाल बनाई तरबारका साथ डुलि हिंड्छन
प्रीयता प्रदान गर्ने त्यो लोकसंग प्रश्न गर
सांसारिक मोहत्याग गर्ने साधुसंग प्रश्न गर

प्रीय मित्र
तिमिलाइ तिमि र मलाई म भएर बाँच्नु छ भने
आउँ हामी एकसाथ देशलाई भनौं
प्रश्न संग प्रश्न गर
आफैंसंग प्रश्न गर
प्रश्नै प्रश्नको उत्तरहरुसंग प्रश्न गर
र सत्यता खोज गर

प्रतिक्रिया दिनुहोस्