२०८१ भाद्र २३
                           

अपडेट: भोटसिपामा बस दुर्घटना, ८ को मृत्यु

इन्द्रावती– इन्द्रावती गाउँपालिका– १० भोटसिपामा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

हेलम्बु यातायातको बा २ ख १७२५ नम्बरको बस यात्रु बोकी काठमाण्डौ जाँदै गर्दा भोटसिपा नजिकैको तिखु मोडमा शुक्रबार बिहान ९ बजे दुर्घटनामा परेको थियो । बसमा अधिकांश दशैँ मनाएर काठमाडौँ फर्कने यात्रुहरु थिए । बस सडकबाट २ सय मिटरभन्दा तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । घाईतेहरुको विभिन्न स्वास्थ्य केन्द्रमा उपचारको लागि लगिदै छ । गम्भीर घाईतेहरुलाई हेलिकप्टरबाट उद्दार गरिरहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण अझैं सङ्कलन भईनसकेको छ प्रहरीले जनाएको छ ।

स्थानीयको अनुसार बसमा ६० भन्दा बढी यात्रु सवार थिए । बसमा सवार सबै यात्रु घाईते भएका छन् । घाईते भएकाहरुको अवस्था निक्कै गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्