२०८१ भाद्र २३
                           

अपडेटः भोटसिपामा बस दुर्घटना, मृत्यु हुनेको संख्या ११ पुग्यो

भोटसिपा– इन्द्रावती गाउँपालिका– १० भोटसिपामा यात्रुवाहक बस दुर्घटना हुँदा अहिलेसम्म मृत्यु हुनेको संख्या ११ पुगेको छ । सवारी चालकको समेत मृत्यु भएको जनाईएको छ ।

दुर्घटनामा ३५ भन्दा बढी घाईते भएको स्थानीयले बताएका छन् । घाईतेहरुको उद्दारको लागि प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल हेलिकप्टर लिएर घटना स्थल पुगेका छन् ।

हेलम्बु यातायातको बा २ ख १७२५ नम्बरको बस यात्रु बोकी काठमाण्डौ जाँदै गर्दा भोटसिपा नजिकैको तिखु मोडमा शुक्रबार बिहान ९ बजे दुर्घटनामा परेको थियो । बसमा अधिकांश दशैँ मनाएर काठमाडौँ फर्कने यात्रुहरु थिए । बस सडकबाट २ सय मिटरभन्दा तल खसेको थियो ।

घाईतेहरुको विभिन्न स्वास्थ्य केन्द्रमा उपचारको लागि लगिदै छ । गम्भीर घाईतेहरुलाई हेलिकप्टरबाट उद्दार गरिरहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण अझैं सङ्कलन भईनसकेको छ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्