२०८१ भाद्र २३
                           

महिला सहकारीको लागि सहयोग गर्न तत्पर : मन्त्री दुलाल

Yubaraj Dulal

इन्द्रावति गाउँपालिका वडा नम्बर ४ नवलपुरको नौलि महादेव महिला वचत तथा ऋिण सहकारी सँस्था लिमिटेडको नौँ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले महिला सहकारीको लागि आफु सहयोग गर्न तत्पर रहेको बताउनुभयो । मन्त्री दुलालले सहकारीको माध्यमबाट विकास सम्भव भएको बताउदै अझै सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । सँस्थाका अध्यक्ष सन्चमाया तामाङको सभापतित्वमा कार्यक्रम भएको कार्यक्रम सन्चालक एवम् ब्यवस्थापक लक्ष्मि कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्