२०८१ भाद्र २३
                           

‘पत्रकारले क्षमता अभिवृद्धि गर्नुपर्छ’ पराजुली

चौतारा- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले अबको समयमा पत्रकारले आफ्नो क्षमता अभिवृद्धिमा विशेष जोड दिनुपर्ने बताएका छन् ।

न्यूनतम पारिश्रमिक निर्धारण समिति र सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नं. ३ ले मंगलबार सिन्धुपाल्चोकको चौतारामा आयोजना गरेको श्रमजीवी पत्रकार ऐन २०५१ र न्यूनतम पारिश्रमिक कार्यान्वयन, अवस्था र चुनौती विषायक अन्र्तरक्रिया कार्यक्रममा पराजुलीले सो कुरा बताएका हुन् । ‘सबैभन्दा पहिला पत्रकार आफैं सुद्रिढ हुनुपर्छ,’ उनले भने– ‘त्यसो भए मात्र श्रमजीवी पत्रकार ऐन लागु हुनको लागि सहज हुन्छ ।’ आफूसँग क्षमता भए जुनसुकै मिडियाले स्वीकार गर्ने बताउँदै उनले पारिश्रमिक नपाउने समस्या हल हुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केपी गौतमले यो वर्ष महासंघले तालिम वर्षको रुपमा अगाडि बढाउने लक्ष्य राखेका कारण पत्रकारलाई क्षमता बढाउन तालिम प्रदान गर्नुपर्नेमा जोड दिए । उनले श्रमजीवी ऐन पूर्ण कार्यान्वयन भए पत्रकारको समस्या हल हुने बताए ।

सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नं. ३ का प्रमुख रेवती सापकोटाले सञ्चार रजिष्ट्रारको कार्यालयले गर्ने कामहरुको बारे प्रकाश पारेका थिए । उनले पत्रकारहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गर्न यो कार्यालयको स्थापना भएको जनाए ।
अन्र्तरक्रिमा सिन्धुपाल्चोकका पत्रकारहरुले राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमको समस्यालाई हल गर्न अग्रह गरेका थिए । सहभागिहरुले सञ्चार रजिष्ट्रारको कार्यालयले पनि सूचना विभागलेजस्तै लोककल्याणकारी विज्ञापन प्रदान गर्ने कार्यको सुरुवात गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्