२०८१ भाद्र २३
                           

चार स्थानीय तहमा सामी परियोजना सुरु

चौतारा- सिन्धुपाल्चोकका चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना (सामी) सुरु भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा परियोजना सुरु भएकोहो । वैदेशिक रोजगारीमा जाने व्यक्ति तथा परिवारहरुको सो प्रयासलार्ई सुरक्षित, व्यवस्थित तथा उपलब्धीमूलक बनाउनका लागि नेपाल सरकार तथा स्विट्जरल्याण्ड सरकारको संयुक्त प्रयासमा परियोजना सञ्चालनमा छ । यस परियोजनाले वैदेशिक रोजगारमा जानका लागि कसैलाइ प्रेरित नगर्ने र नजानका लागि हतोत्साहित पनि नपार्ने हेल्भेटास सामी परियोजनाका कार्यक्रम अधिकृत भोजराज सुनुवारले जानकारी दिए ।

‘परियोजनाको लक्ष वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र तिनका परिवार सम्बन्धित राज्य संयन्त्रबाट संरक्षित तथा गन्तव्य मुलूकको मर्यादित कार्य वातावरणबाट लाभान्वित हुनु हो’, सुनुवारले बताए । परियोजनाले आप्रवासी श्रोत केन्द्र लगायत अन्य विभिन्न माध्यमवाट सुरक्षित आप्रवासन सम्बन्धि जनचेतना, वैदेशिक रोजगारीमा जानु पूर्व आवश्यक सूचना तथा परामर्श, सीप विकास तालिमको लागि अभिप्रेरित तथा सहयोग, वैदेशिक रोजगारीका पीडितहरुलाई कानुनी उपचार, मनोसामाजिक परामर्श सहयोग, वित्तीय साक्षरता, गन्तब्य मूलुकमा समस्यामा परेमा सहयोग, वैदेशिक रोजगारी सम्वन्धि अनुसन्धान, सेवा प्रदायक संस्थाहरुको क्षमता विकास, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विषयगत तथा सेवा प्रदान गर्न सहयोग पु¥याउने उनले जनाए ।

सुरक्षित आप्रवासन परियोजना लागु गर्नको लागी स्थानीय संस्स्था जनहित ग्रामीण सेवा समिति सेवा प्रदायक संस्थाको रुपमा छनौट भइ कार्य सम्झौता गरी काम सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्