२०८१ भाद्र २३
                           

जिल्लाकै स्वच्छ नमुना गाँउ कुविण्डे

जिल्लाकै स्वच्छ नमुना गाँउ कुविण्डे

सिन्धुपाल्चोक जिल्ला गत भाद्र २० मा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भए संगै सुरुवात भएको पुर्ण सरसफाइ अभियान अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिका ४ कुविण्डे लाई यहि मंसिर १६ गते स्वस्थ नमुना गाँउ घोषणा गरिएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका ४ का वडा अध्यक्षको प्रमुख आतिथ्यता तथा नेपालमा खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गरिरहेको क्यानडियन संस्था काष्ट की बरिष्ठ खानेपानी सरसफाइ तथा स्वच्छता सल्लाहकार लिना बन्जेन्मेर, वातावरण तथा जनस्वास्थ्य संस्था एन्फो की खानेपानी सरसफाइ तथा स्वच्छता तालिम अधिकृत शोभा राना, नेकपा ३ नं प्रदेश सदस्य प्रेम प्रसाद सापकोटा लगाएतको आतिथ्यतामा तथा २०० भन्दा बढी स्थानीयहरुको उपस्थितिमा मैनबत्ति बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको आयोजना चौतारा साँगाचोकगढी नगरपालिका ४ र जनहित ग्रामिण सेवा समितिको समन्वयमा वडा स्तरिय स्वस्थ नमुना गाँउ समन्वय समितिले आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै वातावरण तथा जनस्वास्थ्य संस्था एन्फो की खानेपानी सरसफाइ तथा स्वच्छता तालिम अधिकृत शोभा रानाले स्वस्थ नमुना गाँउ घोषणा गरेर मात्र नहुने र यो अवस्थालाई कायम राख्न स्थानीयहरुकै प्रमुख भुमिका हुनेमा जोड दिएकी थिइन् । जिल्लाकै स्वच्छ नमुना गाँउ कुविण्डे
अध्यक्ष चुडामणी नेपालले साविकको कुविण्डे गाविस जिल्लाको दोस्रो खुला दिसा मुक्त क्षेत्र घोषणा भएको भएतापनि पुर्ण सरसफाइ अभियानलाई सार्थक बनादै जिल्लाकै पहिलो पुर्ण सरसफाइ उन्मुखमा वडा घोषणा गर्ने लक्ष्य रहेको बताए । टोल टोलमा पुर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरि स्वस्थ नमुना टोल घोषणा गर्दै जाने योजना रहेको नेपालले जानकारी दिए ।
चौतारा साँगाचोकगढी नगरपालिका ४ को कुविण्डेमा स्वस्थ नमुना गाँउ कार्यक्रमको सहजिकरण गरिरहेको संस्था जनहित ग्रामिण सेवा समिति र वातावरण तथा जनस्वास्थ्य संस्था एन्फोले स्वस्थ नमुना घरमा हुनु पर्ने सम्पुर्ण सुचकहरु पुरा भएका घरहरुलाई पुरस्कार स्वरुप स्वच्छता सामाग्रीहरुको व्यबस्था गरेको जनहित ग्रामिण सेवा समितिका कार्याकारी निर्देशक राजेन्द्र शर्माले जानकारी गराए ।
नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई पूर्ण सरसफाइ उन्मुख राष्ट्र निर्माण गर्ने लक्ष्य निर्धारण गरेको छ । यसका लागी सम्पुर्ण समुदायलाई सुरक्षित पानीमा पहुँच पु¥याउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्