२०८१ भाद्र २३
                           

जिल्लामा पहिलो पटक पानी परिक्षण प्रयोगशाला सञ्चालनमा

जिल्लामा पहिलोपटक पानी परिक्षण प्रयोगशाला सञ्चालनमा

सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक पानी परिक्षण प्रयोगशालाको शुरुवात भएको छ । क्यानेडियन संस्था कास्ट र वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) को सहयोगमा जनहित ग्रामिण सेवा समितिको कार्यालयमा परिक्षण प्रयोगशालाको शुरुवात भएको हो । मंसिर १२ गते जनहित ग्रामिण सेवा समितिको कार्यालयमा सामान्य कार्यक्रमको आयोजना गरी प्रयोगशालाको उद्घाटन गरीएको थियो । उद्घाटन कास्टकी वरिष्ठ खानेपानी तथा सरसफाइ सल्लाहकार लिना बन्जेनमेरले रिबन काटेर गरेकी थिइन् । कार्यक्रममा एन्फोकी तालिम अधिकृत शोभा रानाको पनि उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै जनहित ग्रामिण सेवा समितिका कार्यक्रम संयोजक रोहित शर्माले पानी परिक्षण प्रयोगशाला सिन्धुपाल्चोकमा नै पहिलो पटक सञ्चालनमा आएको बताए । पानी परिक्षण प्रयोगशालाको उद्घाटनका क्रममा पानीको नमुना परिक्षण पनि गरीएको थियो ।

जिल्लामा पहिलोपटक पानी परिक्षण प्रयोगशाला सञ्चालनमा
नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई पूर्ण सरसफाइ उन्मुख राष्ट्र निर्माण गर्ने लक्ष्य निर्धारण गरेको छ । यसका लागी सम्पुर्ण समुदायलाई सुरक्षित पानीमा पहुँच पु¥याउनुपर्ने देखिन्छ । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ का अनुसार पानीमा २७ वटा पारामिटर हुन्छ जसमा जैविक पारामिटर २ वटा, भौतिक पारामिटर ६ वटा र रासायनिक पारामिटरहरु १९ वटा हुने गर्दछ । यी सबै पारामिटरहरुको मात्रा खानेपानी गुणस्तर मापदण्डले उल्लेख गरे बमोजिम हुनुपर्दछ । पानीमा हुने यी पारामिटरहरुको मात्राको परिक्षण पछि मात्र पानी सुरक्षित रहे नरहेको जानकारी प्राप्त गर्न सकिन्छ ।
पहिले पहिले पानीको परिक्षण सिन्धुपाल्चोकका लागी सहज थिएन । अब सिन्धुपाल्चोकमा नै पानी परिक्षण प्रयोगशालाको शुरुवात भएपछि पानी परिक्षण गर्न सहज हुने भएको छ । यसबाट हामीले पिउँदै आएको पानी सुरक्षित रहे नरहेको जानकारी प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्