२०८१ भाद्र २३
                           

सुनकोशी गाउँपालिकामा बस दुर्घटना, १३ को शव भेटियो, मन्त्रीद्वारा दुःख व्यक्त

खाडिचौर- दोलखाको कालिञ्चोकबाट भक्तपूरतर्फ जाँदै गरेको बा.२ख. ४४६८ नम्बरको रिजर्भ बस आज बिहान सुनकोशी गाउँपालिकाको ६ किलोमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

६ किलोबाट बस करिव ५ सय मिटर तल खसेको छ भने बस क्षतविक्षत भएको छ । दुर्घटनामा २० भन्दा बढीको मृत्यु हुन सक्ने प्रहरीको अनुमान छ । अहिले उद्दार कार्य जारी रहेको र घाईतेहरुलाई सिन्धु सदावहार अस्पताल खाडिचौर लगिदै गरिएको प्रहरीको भनाई छ ।

‘हामी अहिले उद्दारमा छौं, यकिन तथ्याङ्क आईसकेको छैन’ जिल्ला ट्राफिक प्रहरी कार्यालय अँधेरीका ट्राफिक राधेश्याम जंगमले भने । बसमा कम्तिमा ३० भन्दा बढी सवार रहेको उनको अनुमान छ ।

बस दुर्घटना भएको खबर पाएलगत्तै प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गर्दै घाईतेको सीघ्र उद्दार र जीवन रक्षाको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्