२०८१ भाद्र २३
                           

अपडेटः सुनकोशीमा बस दुर्घटना, १४ को शव भेटियो

खाडिचौर- दोलखाको कालिञ्चोकबाट भक्तपूरतर्फ जाँदै गरेको बा.२ख. ४४६८ नम्बरको रिजर्भ बस आज बिहान सुनकोशी गाउँपालिकाको ६ किलोमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाईते बनेका २० जनालाई सिन्धु सदबाहर अस्पतालमा उपचारको लागी लगिएको र ६ जनाको त्याहँ उपचार हुन नसक्ने भएपछि रिफर गरिएको छ। २ जनाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा ८ महिला २ बालिका २ नाबालक र २ पुरुष रहेका जिल्ला ट्राफिक कार्यालय अधेरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिकाकी जुनु तामाङको सनाखत भएको छ भने अन्यको सनाखत प्रकृया जारी रहेको प्रहरीको भनार्ई छ। बस सडकबाट करिव ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा २० भन्दा बढीको मृत्यु हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्