२०८१ भाद्र २३
                           

सुनकोशी बस दुर्घटना, १४ को मृत्यु , २० घाइते(नामावली सहित)

दोलखाको कालिञ्चोकबाट भक्तपूरतर्फ जाँदै गरेको बा.२ख. ४४६८ नम्बरको रिजर्भ बस आज बिहान सुनकोशी गाउँपालिकाको ६ किलोमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ८ जना महिला, ३ जना पुरुष, २ जना बालक र १ जना बालीका रहेका छन् ।
६ किलोबाट बस करिव ५ सय मिटर तल खसेको छ भने बस क्षतविक्षत भएको छ । विभिन्न जिल्लाबाट गई भक्तपुर बस्नेहरु समुह मिलाई बस रिजर्भ गरी दोलखाको कालीञ्चोक भगवती मन्दिर दर्शन गएका गएका र फर्कने क्रममा सो दुर्घटना भएको हो ।

मोडबाट बस नमोडीइकन तल्लो सडकमा खस्दा बस पुर्ण रुपमा क्षती भएको छ । दुर्घटनाको कारण खुलीनसके पनि तिव्र गती र चालकको लापरबाहीकै कारण दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफीक कार्यालयका प्रमुख राजेश दाहालले बताए ।
सनाखत भएका मृतकको नामावलीः
१. सुक बहादुर तामाङ, वर्ष २८, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७
२. सविना तामाङ, वर्ष ७, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल–७
३. जुनुमाया तामाङ, वर्ष३७, ठेगानाः दोलखा जिल्ला भिमेश्वर न.पा.–९
४. मन्जु तामाङ, वर्ष २८, ठेगानाः दोलखा जिल्ला भिमेश्वर न.पा.
५. महेश तामाङ वर्ष २८\२९, ठेगानाः रामेछाप जिल्ला, उमाकुण्ड गा.पा ५
घाइतेको नामावलीः
१. गंगामाया तामाङ, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७, हेम्स हस्पिटल
२. गंगामाया तामाङको छोरी आयुषा तामाङ
३. धनकाजी तमाङ, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७, हेम्स हस्पिटल
४.रजिता तामाङ, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७, हेम्स हस्पिटल
५. हरिमाया तामाङ, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७, हेम्स हस्पिटल
६. दोर्जे तामाङ, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७, हेम्स हस्पिटल
७. सागर तामाङ, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७, हेम्स हस्पिटल
८. दिपक तामाङ, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७, हेम्स हस्पिटल
९. नैना तामाङ, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७, हेम्स हस्पिटल
१०. मिठु ढकाल(गम्भीर), भक्तपुुर जिल्ला सुर्यविनायक बस्ने,धुलीखेल अस्पतालमा उपचार हुँदै
११.रामसिँह तामाङ(गम्भीर), ठेगाना नखुलेको, धुलीखेलमा उपचार हुदै
१२.कीनु बस्नेत(गम्भीर) भक्तपुर जिल्ला सुर्यविनायक–८, धुुलीखेलबाट KMC रिफर
१३. आषिका तामाङ (गम्भीर) सिन्धुपाल्चोक जिल्ला बलेफी गा.पा. ३, धुलीखेलबाट KMC रिफर
१४. जगबहादुर तामाङ, ठेगाना नखुलेको
१५. आइष तामाङ, ठेगाना नखुलेको
१६. शंकर तामाङ , ठेगाना नखुलेको
१७. सागर के.सी., भक्तपुर जिल्ला
१८. अन्जना तामाङ, ठेगाना नखेलेको
१९. गिप्लप तामाङ, (गम्भीर), दोलखा जिल्ला शैलुङ गा.पा., हेम्स रिफर
२०.नाम नखुलेकी ४\५ महिनाकी बालीका

प्रतिक्रिया दिनुहोस्