२०८१ भाद्र २३
                           

मानवता शुन्य बन्दै निजि स्वाथ्य निकाय

मानवता शुन्य बन्दै निजि स्वाथ्य निकाय

चौतारा/ स्वास्थ्य जस्तो संवेदनशील विषयमा सेवा प्रदायक निकाय सिन्धुपाल्चोक जिल्लाको सिन्धु सदाबहार अस्पताल खाडिचौरले मानवीय धर्म भन्दा शुन्य संवेदनाको व्यवहार गरेको खुल्न आएको छ ।

गत मंसिर २९ गते खाडिचौर देखि माथि जिरी सडक खण्डको ६ किलोमा भएको गाडी दुर्घटनाका घाईतेलाई तत्काल उपचारका लागि सदाबहार अस्पताल खाडिचौरमा लगी त्यहाँबाट रिफर गरेका गम्भिर घाइतेलाई धुलिखेल अस्पतालको ट्रमा सेन्टरमा उपचार गर्न लगेको र सो अस्पतालमा उपचार गरिरहंदा सिन्धु सदाबहार अस्पताल खाडीचौरको जिम्मेवार व्यक्तिले धुलिखेल अस्पतालमा फोन गरी यहाँबाट पठाएका सबै घाईतेलाई ह्याम्स अस्पतालमा पठाउन भनेका थिए । धुलिखेल अस्पतालका प्राविधिकले आवश्यकतानुसार उपचार भईरहेको छ, किन पठाउने भन्दा पनि पटकपटक तपाईहरुको एम्बुलेन्स नभए ह्याम्स अस्पतालबाट एम्बुलेन्स पठाउने व्यवस्था हुनेछ भनेपछि घाईतेलाई उपचारको प्राथमिकता भन्दा नितान्त व्यवसायिक ढंगले च्यानल मिलाउने र जसरी पनि कमाउ धन्दा गर्ने मनोवृत्ती हावी भएको प्रष्ट रहेको छ ।

सदाबहारबाट रिफर गरेका अवस्थामा सो अस्पतालमा कार्यरत कर्मचारी पनि संगै गएका र घाईतेलाई धुलिखेल अस्पताल तर्फ लैजाँदै गर्दा यहाँ उपचार गर्दा सरहरुले हामीलाई गाली गर्छ भन्ने अभिव्यक्ति दिएको प्रत्यक्षर्शीले बताएका छन् साथै अर्कै निकायको एम्बुृलेन्स ड्राईभरलाई समेत धुलिखेल अस्पतालमा लगेकोमा प्रश्न गरेको बुझिएको छ ।

घाईतेलाई तत्काल उपचार गर्न धुलिखेल अस्पताल, वीर अस्पताल र काठमाण्डौ मेडिकल कलेजमा मात्र ट्रमा सेन्टर रहेको र सबभन्दा नजिक धुलिखेल भएकाले घाईतेको अवस्था अझ बिग्रन नदिन धुलिखेल अस्पतालमा लगेको अवस्थामा यस्तो परिस्थिति आएको हो । तत्काल गर्नुपर्ने स्वास्थ्य उपचार जस्तो संवेदनशील विषयमा सिन्धु सदाबहार अस्पतालले किन ह्याम्स जस्तो महंगो अस्पतालमा लान कर गरेको भन्ने गम्भीर र खोजी गर्नुपर्ने विषय भएको मानव अधिकारकर्मी नातीबाबु धितालले बताएको छ ।

जुगल खबरका प्रतिनिधिले घटनाको वास्तविकता बुझ्न सिन्धु सदाबहार अस्पतालमा फोन गर्दा घाइतेलाई ह्याम्समा रिफर गरेको जानकारी दिएको र म्यानेजर राम आचार्यलाई फोन सम्पर्क गर्दा फोन उठेन ।

प्रतिक्रिया दिनुहोस्