२०८१ मंसिर ७
                           

मानवीय क्षती न्युनिकरणका लागि अन्तरक्रिया

मानवीय क्षती न्युनिकरणका लागि अन्तरक्रिया

दुर्घटनाका कारण मानवीय क्षती न्युनिकरणका लागि घाईते वा बिरामीलाई अस्पताल पुग्नु पूर्व गरिने सेवालाई प्रभावकारी बनाउने सम्बन्धि चौतारामा शुक्रबार अन्तरक्रियात्मक छलफल गरेको छ ।
सडक वा अन्य कुनै दुर्घटनाबाट प्रभावित घाइतेलाई अस्पताल पु¥याउनु पूर्व घाईतेलाई बचाउने प्रयास स्थानीय समुदायबाट शुरुभई एम्बुलेन्स वा अन्य साधनबाट अस्पताल पुग्नुसम्मको कार्यले गम्भिर प्रकृतिको घाईतेलाई बचाउनसक्नेमा ठूलो भूमिका रहने हुंदा अस्पताल पु¥याउनु पूर्वको स्याहार (प्रि हस्पितल क्योर) का लागि विशेषत समुदायका व्यक्तिहरु सवारी चालकलाई प्राथमिक उपचारको प्रशिक्षण दिन आवश्यक भएको र यसलाई नेपाल सरकारले नीतिगतरुपमा कार्यान्वयन गराउन सकेमा दुर्घटनाबाट गम्भिर घाइतेलाई बचाउन सक्ने मौका झण्डै पचास प्रतिशतले बढ्ने धुलिखेल अस्पतालका डा. सानुकृष्ण श्रेष्ठले बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकद्धारा सञ्चालन गरेको ग्रामीण आपतकालीन तथा ट्रमा प्रणाली सुदृढिकरण कार्यक्रम अन्तरगत जिल्लाको बाह्रविसे, जल्वीरे र मेलम्ची स्वास्थ्य केन्द्र केन्द्रीत भई सञ्चालन गरेको (ख) वर्गको एम्बुलेन्सबाट दुर्घटनाका घाईते तथा बिरामीका लागि तत्काल दिईआएका सेवाको बारेमा छलफल गर्दै सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा रहेका सबै एम्बुलेन्सबाट आपतकालीन अवस्थामा प्रभावकारी सेवा सञ्चालन गर्न डिस्प्याच सेन्टरमा आवद्ध गराई एउटै सञ्जाल मार्फत सेवा प्रदान गर्न सके आपतकालीन सेवा प्रवकारी रहने जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलले बताएका छन् । जिल्ला शाखा अन्तरगतका तीन वटा र धुलिखेल अस्पतालको दुईगरी हाल पाँचवटा मात्र एम्बुलेन्स डिस्प्याच सेन्टरबाट आवश्यकतानुसार परिचालन भईरहेको छ ।
मेलम्ची क्षेत्रमा सञ्चालनमा रहेको एम्बुलेन्स सेवालाई डिस्प्याच सेन्टरमा आवद्ध गराउन छिटै सरोकार निकायको सहभागितामा बैठक बस्ने मेलम्ची नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिए ।
नेपालमा थौरैमात्र प्राविधिकले प्रशिक्षण लिने गरेको बि एल एस (आधारभूत जीवन सुरक्षा) तालिम रेडक्रसबाट जिल्लाको सबै स्वास्थ्य कर्मीलाई प्रशिक्षण दिएकोमा खुशी व्यक्त गर्दै प्रशिक्षण लिएका कर्मचारी जिल्लाबाट जाने र तुलनात्मक रुपमा स्वास्थ्यकर्मी कर्मचारी जाने भन्दा आउने कम भएकोले लक्ष्य तथा आवश्यकता अनुसार कर्मचारीको कमी रहेको स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले बताए । जिल्ला भित्र एम्बुलेन्स सेवा सञ्चालनका लागि कर छुटका लागि सिफारिस मागगर्ने तर एम्बुलेन्स सञ्चालन स्वीकृति नलिने अधिकांश निकाय भएकोले सेवा प्रदायक सबै निकायलाई गोलबद्ध गराई एम्बुलेन्स सञ्चालन निर्देशिका २०७३ अनुसार नियमको परिधि भित्र ल्याउनु आवश्यकता रहेको र यस सम्बन्धि नीतिगत सचेतना दिन आवश्यक रहेको पनि चापागाईले बताए । मानवीय क्षती न्युनिकरणका लागि अन्तरक्रिया
कार्यक्रममा तीनवटै एम्बुलेन्स सञ्चालन समितिका पदाधिकारी, नेपाल रेडक्रसका पदाधिकारी तथा सदस्य, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रम जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलको अध्यक्षतामा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्