२०८१ भाद्र २३
                           

चौतारा साँगाचोकगढीको खानेपानी समस्या समाधानमा तामाङको चासो

चौतारा साँगाचोकगढीको खानेपानी समस्या समाधानमा तामाङको चासो

चौतारा – लामो समयदेखि खानेपानीको समस्या भोगीरहेको सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेको चौतारा र नगरकै अर्को बजार साँगाचोकमा सो समस्या समाधानका लागि प्रतीनिधिसभा सदस्य शेरबहादुर तामाङले चासो दिएका छन् । तामाङले आइतबार खानेपानीका संघिय तथा प्रादेशिक कार्यालयहरुका प्रतिनिधि सहित खानेपानी वितरण तथा प्रशोधन केन्द्रको अवलोकन गरेका हुन् ।
चौतारामा करिब २४ किलोमिटर टाढाको मुहान होल्चे र थालखर्कबाट पानी ल्याएर वितरण गरीने गरीएको छ । प्रतिसेकेण्ड ५ लिटरको दरमा जम्मा भइरहेको पानी चौताराबासीलाई अपुग भएपपछि तामाङले त्यसको व्यवस्थापन गरी पानीको स्रोत बढाउन र हाल चलीरहेको प्रशोधन केन्द्रको स्तरोन्नती गर्न समेत योजना बनाएर निरीक्षण गरेका हुन् । बजारमा दुइ दिनको फरकमा पानी वितरण भइरकेकोले त्यसलाई क्षमता वृद्धी गरी चौविसै घण्टा वितरण गर्न सकिने बनाउन लािगएको साँसद तामाङले बताए । चौतारा साँगाचोकगढीको खानेपानी समस्या समाधानमा तामाङको चासो
विशेषगरी प्रशोधन केन्द्रको अनुगमन गर्दा सुधार गर्नैपर्ने अवस्था देखिएकोले त्यसको स्तरोन्नती गर्न अत्यन्तै आवश्यक रहेको पुर्व कानुनमन्त्री समेत रहेका तामाङले बताए । ‘चौताराबासीले प्रयोग गरीरहेको खानेपानी असुरक्षीत देखियो ।’ तामाङले भने –‘बजारबासीलाई सुरक्षीत र पर्याप्त पानी खुवाउन अब योजना बनाएर आवश्यक बजेट विनियोजन गरीनेछ ।’ खानेपानी मन्त्रालयबाट नै बजेट व्यवस्थापन गरी प्रशोधन केन्द्रमा प्राविधिक त्रुटी देखिएकोले आवश्यकता अनुसार मर्मत र नयाँ निर्माण समेत गरी चौताराबासीलाई सुरक्षीत, नियमीत र पर्याप्त खानेपानी उपलब्ध गराउने उनले बताए ।
त्यस्तै साँसद तामाङले आइतबारै साविकको साँगाचोक गाविसको दुइ हजार २२ घरधुरीलाई मिटरसहितको निजी धारा वितरण गर्ने उद्देश्यले निर्माण भइरहेको जाडेखोला–टुनीबोटे–हर्रे–साँगाचोक खानेपानी आयोजनाको समेत निरीक्षण गरेका छन् । सो खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा रहेकोले त्यसको पनि अनुगमन गरीएको र कामको अवस्था सन्तोषजनक पाइएको तामाङले बताए ।
सो आयोजना भने प्रशोधन केन्द्रको काम अत्यन्तै राम्रोसँग भइरहेको आफुले पाएकोे उनले बताए । ‘चौताराको भन्दा साँगाचोकको प्रशोधन केन्द्र एकदमै सुरक्षीत रहेको पाइयो ।’ तामाङले भने –‘अब चौताराको खानेपानी आयोजनामा पनि अहिलेको भन्दा स्तरीय प्रशोधन केन्द्र बनाउन आवश्यक देखियो ।’
वि.सं.२०३३ सालबाट शुरु गरिएको आयोजना भएको र त्यतीबेलाका भौतीक पुर्वाधारहरु कमजोर भैसकेका कारण आफुहरुले सोचेजती मात्रामा चौतारामा खानेपानी वितरण गर्न नसकीएको जुग होल्चे थालखर्क खानेपानी तथा सरसफाई उपभोक्ता समितीका सचिव श्यामकृष्ण श्रेष्ठले बताए । ‘प्रशोधन केन्द्र भने १२ वर्ष अघि बनेको र त्यतीबेला हामी समितीमा थिएनौं ।’ सचिव श्रेष्ठले भने –‘खानेपानीको पाइपलाइन ल्याइएको स्याउले बजार क्षे त्रमा व्यवस्थित रुपले खानेपानी वितरण हुन नसकेकोले हामीले समस्या भोगीरहेका हौं ।’
जापानी सहयोगी संस्था जाइकाले मुहानदेखि प्रशोधन केन्द्रसम्म नयाँ पाइपलाइन विच्छ्याएको् छ । सो पाइपलाइनमा आवश्यकता भन्दा ज्यादा होल (पानी निकाल्ने प्वाल) राखिएकोले स्याउले बजार खानेपानी व्यवस्थीत बनाउन नसकिएको श्रेष्ठले बताए । ‘स्याउले बजारको लागि छुट्टै वितरण ट्याङ्कीको व्यवस्था गरी निजी धारा वितरण गरी प्रशोधन केन्द्रको मर्मत गर्न सकिएमा चौताराबासीको खानेपानी समस्या समाधान हुन्छ ।’ सचिव श्रेष्ठले बताए । चौतारा साँगाचोकगढीको खानेपानी समस्या समाधानमा तामाङको चासो
चौताराको खानेपानी आयोजनको प्रशोधन केन्द्रमै समस्या भएकोले त्यसको मर्मत गर्नु अत्यन्तै जरुरी भएको संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख नन्दलाल बन्जाडेले बताए । यहाँको प्रशोधन केन्द्रमा भौतीक मर्मत र त्रुटी रहेका स्थानमा केही आबश्यक फेरबदल गरेर खानेपानीलाई सुरक्षित गर्न सकिने आयोजना प्रमुख बन्जाडेले बताए ।
‘हामीसँग क्रमागत योजना नभएकोले उपभोक्ता समितीले निवेदन लिएर आएमा खानेपानी विभाग र हाम्रै आयोजनाबाट यो प्रशोधन केन्द्रलाई मर्मत गरी मुहानक्षेत्रमा समेत निजी धारा वितरण गरी सदरमुकामको खानेपानीको मात्रा वढाउन सकिन्छ ।’ उनले भने –‘यसको मर्मत तथा सुधारका लागि हाम्रोतर्फबाट हामी आवश्यक सहयोग गनेछौं ।’ त्यसको लागि उपभोक्ता समितीले निवेदन दिनुपर्ने उनले बताए ।
साँगाचोक खानेपानी र चौतारा खानेपानी आयोजनाको निर्माण तथा मर्मत कार्य पुरा भएपछि चौतारा साँगाचोकगढी नगरपालिकाका महत्वपुर्ण बजार क्षेत्रहरुमा खानेपानी समस्या समाधान हुने र अन्य क्षेत्रहरुमा पनि आवश्यकताको आधारमा खानेपानी समस्या समाधानका लागि पहल गरिने साँसद तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्