मेलम्चीमा पुष ७ गते बाट सहकारीको लेखा व्यवस्थापन तथा व्यावसायिक योजना निमार्ण सम्बन्धि तालिमको सुरुवात भएको छ ।
जापनिज रेडक्रस सोसाइटीको सहयोगमा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखा द्धारा सञ्चालन गर्दै आएको भुकम्प पुर्नलाभ कार्यक्रम अन्तरगत पाँचपोखरी थाङपाल गाउपालीकाको थाङपालकोट र थाङपालधाप का ३ वटा सहकारी लाई तालिम प्रदान गरीएको हो । सहकारीको कामलाई व्यवस्थित गर्ने उदेश्यले तालिममा सहकारीको लेखा कसरी राख्ने र त्यसको महत्वके छ ? सहकारी संस्थाले कर्जा बिषलेसण गर्ने सम्बन्धमा,सहकारीमा करको व्यवस्थापन र करको भुक्तानि तथा व्यवसाइक योजना, योजनाको महत्व,सहकारीको क्षमता बिषलेसण तथा व्यवसाइक योजना निमार्ण कार्य लगाएको बिषयमा तालिममा छलफल गरीने छ ।
तालिमको सहजिकरण सहकारी संघ ललितपुर को लेखा समितिको संयोजक अनील बिर बज्रचाय र पुर्व व्यवस्थापक तेज प्रसाद बजगाईले गर्नु भएको थियो । तालिममा थाङपालकोट कृषि सहकारी,मानेश्वारा महिला सहकारी, पशुपति बचत तथा ऋण सहकारी बाट अध्यक्ष, उपाध्यक्ष, सचिब, कोषाध्यक्ष, लेखा समितिको संयोजक र कर्मचारीहरु र नेपाल रेडक्रस सोसाइटी थाङपालधाप उपशाखाको प्रतिनिधिहरुको सहभागीता रहेको छ । यो तालिम पुष ११ गते सम्म मेलम्चीमा सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्