२०८१ भाद्र २३
                           

मेलम्चीमा रक्तदान कार्यक्रम सम्पन्न

मेलम्चीमा रक्तदान कार्यक्रम सम्पन्न

मेलम्चीमा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थानिय शुभकामना,झुल्केघाम, सरोकार बचत तथा ऋण सहकारी ली. र लायन्स क्लब अफ, मेलम्ची को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा स्थानिय बासिन्दाहरु ७५ जनाले रक्तदान गर्नुभएको थियो । कार्यक्रममा प्रबिधिक सहयोग भने नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको थियो । कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालीकाका मियर डम्बर बहादुर अर्यालले रेडक्रसले मानिसको जिबनकालागी आति आवश्यक पर्ने रगतको व्यवस्थापन गर्दै मानविय सेवामा अबल कार्य गर्दै आएको बताउनुभयो । साथै नगरपालीकाले आगामी दिनमा नगर पालीका बासिका लागी निःशुल्क रगत उपलब्ध गराउनका लागी नगरले आवश्यक प्रक्रियका लागी छलफल गर्ने मेयर अर्यालले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सदस्य मनोज कुमार थापाले नेपाल रेडक्रस सोसाइटीले रक्त संकलन केन्द्रहरुको सञ्चालन गर्दै आएको र अति गरीब आर्थिक अबस्था कमजोर भएका व्यक्तिलाई निःशुल्क रगत प्रदान गर्दै आएको बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका सभापती राजेन्द्रमान ताल्चाभडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
रक्तदान कार्यक्रमको आयोजनाले रगत अभाब हुन नदिने र यस किसिमको कार्यक्रमहरु जिल्लाले बिभिन्न समयमा गर्दै आएको र गरिरहने नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्