२०८१ मंसिर ६
                           

प्राथमिक स्वास्थ्य चैकी लाई सामाग्री हस्तान्तरण

प्राथमिक स्वास्थ्य चैकी लाई सामाग्री हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले न्यानोझोला र कम्बल हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सदस्य मनोजकुमार थापाले पुष ८ गते मेलम्ची प्राथमिक स्वास्थ्य चौकीलाई ५० वटा न्यानो झोला र ५ वटा कम्बल हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य थापाले भन्नुभयो नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापनका क्षत्रमा काम गर्दै आएको संस्था भएकोले यसले विपद् पछी सुत्केरी महिला र नब जात शिसुका लागी भनि न्यानोझोला वितरण गर्दै आएको हो । त्यसैगरी नेपाल रेडक्रस सोसाइटीले आगामि दिनमा पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थासंगको समन्वयमा यस्ता कार्यक्रम निरन्तरता दिने बताउनु भयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाको सभापती राजेन्द्रमान ताल्चाभडेल तथा रेडक्रसको पदाधीकारी तथा सदस्य हरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्