सहकारीको लेखा व्यवस्थापन तथा व्यावसायिक योजना निमार्ण सम्बन्धि तालिम सम्पन्न भएको छ । पुष ७ गते देखि मेलम्चीमा सुरु भएको तालिम ११ गते सम्पन्न भएको हो । तालिमको सहभागीहरुलाई प्रमाण पत्र बितरण गर्दै नेपाल रेडक्रस सोसाइटीका जिबिकोपार्जन सल्लाकार सरोज श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले पाँचपोखरी थाङपालको थाङपालकोट र धापका ४ सय २५ परीवारलाई भन्दा धेरै परीवारलाई जिबिकोपार्जन सहयोग पु¥यायकोले त्यो समुदायलाई सहकारी संग जोडनका लागी समेत सहयोग पु¥याउने अपेक्षा व्यक्त गर्नुभयो ।
तालिमको सहभागीहरुको तर्फबाट मन्तव्य राख्दै सार्की डोल्मा तामाङले सहकारीले गर्दा महिलाहरुको निर्चयामा परीवर्तन भएको र पहिले रक्सपार्ने र त्यसैबाट गुजारा चलाउने गरेको र सहकारी निमार्ण पछी त्यसमा बचत गर्ने र अन्य व्यवसाय गर्ने बानिको विकास गरी आफ्नो जिबिको पार्जन गर्ने गरेको बताउनु भयो । सथै रेडक्रसले सहकारी संस्थालाई तालिम प्रदान गरेर त्यसले गर्दा आगामिदिनमा सहकारीलाई व्यवस्थित गर्न सहज हुने बताउनुभयो ।
जापनिज रेडक्रस सोसाइटीको सहयोगमा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखा द्धारा सञ्चालन गर्दै आएको भुकम्प पुर्नलाभ कार्यक्रम अन्तरगत पाँचपोखरी थाङपाल गाउपालीकाको थाङपालकोट र थाङपालधाप का ४ वटा सहकारी लाई तालिम प्रदान गरीएको हो । सहकारीको कामलाई व्यवस्थित गर्ने उदेश्यले तालिममा सहकारीको लेखा कसरी राख्ने र त्यसको महत्वके छ ? सहकारी संस्थाले कर्जा बिषलेसण गर्ने सम्बन्धमा, सहकारीमा करको व्यवस्थापन र करको भुक्तानि तथा व्यवसाइक योजना, योजनाको महत्व, सहकारीको क्षमता बिषलेसण तथा व्यवसाइक योजना निमार्ण कार्य लगाएको बिषयमा तालिममा छलफल गरीयको छ ।
तालिमको सहजिकरण सहकारी संघ ललितपुर को लेखा समितिको संयोजक अनील बिर बज्रचाय र पुर्व व्यवस्थापक तेज प्रसाद बजगाईले गर्नु भएको थियो । तालिममा थाङपालकोट कृषि सहकारी, मानेश्वारा महिला सहकारी, पशुपति बचत तथा ऋण सहकारी र थाङपाल सानाकिसान सहकारीबाट अध्यक्ष, उपाध्यक्ष, सचिब, कोषाध्यक्ष, लेखा समितिको संयोजक र कर्मचारीहरु र नेपाल रेडक्रस सोसाइटी थाङपालधाप उपशाखाको प्रतिनिधिहरुको सहभागीता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्