२०८१ भाद्र २३
                           

जाल्पादेवीलाई नयाँ भवना

जाल्पादेवीलाई नयाँ भवना

करिब ५ बर्षपछि पायो सुबिधा सम्पन्न भवन श्री जाल्पादेवी आधारभुत बिद्यालयले करिब ५ बर्ष पछि सुबिधा सम्पन्न भवन पाएको छ । २०७२ साल बैशाख १२, १३ र २९ गतेको गएको बिनासकारी भुकम्पले तहसनहस बनाएको बिद्यालयले आज सुबिधा सम्पन्न भवन पाएको हो । भुकम्पले थला परेको बिद्यालय एसियाली बिकास बैक (एडिबी), जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) र बिद्यालय व्यवस्थापन समितिको सक्रियतामा बनेको ३ करोड १७ लाख लगानीमा बनेको उक्त भवनको शनिवार एक कार्यक्रमका बिच नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोटाले बिद्यालयलाई हस्तान्तरणा गरेका हुन । भवन हस्तान्तरण गर्दै प्रमुख अतिथि सापकोटाले बिद्यालयले पाएको यस सुविधा सम्पन्न भवनको जगेर्ना गर्नु अबको महत्वपुर्ण कार्य भएको बताए । उनले भने भवन मात्रै गुणस्तरिय भएर हुदैन शैक्षिक गुणस्तरमा पनि ध्यान दिन जरुरी छ । यस्तै विशेष अतिथिको आशनबाट बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा युवा नेता माधव सापकोटा (सुबोध)ले बिद्यालयमा बिद्यार्थीको संख्या घटेकोमा दुख व्यक्त गर्दै सहर केन्द्रित हुने प्रविधिको अन्त्य गरेर अब आफ्नो गाँउमानै बसेर नयाँ प्रबिधिकाे प्रयोग गरेर गाउँ बिकास र समृद्धिमा लाग्नुपर्ने बताए । साथै विशेष अतिथिकै आसनबाट बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सिं तामाङले यस सुबिधा सम्पन्न भवनको जगेर्ना गरि शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने कुरामा जोड दिए । उक्त कार्यक्रमको सभापतित्व भने बिव्यस अध्यक्ष कपिलमुनि शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्