२०८१ भाद्र २३
                           

सागका स्वर्ण विजेतासहितलाई श्रीकृष्णले गर्यो सम्मान

चौतारा-  श्रीकृष्ण रत्न गंगा माध्यमिक विद्यालयले आफ्नो ७३ औं बार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । तेह्रौ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण विजेतासहित विद्यालय स्थापनार्थमा योगदान दिने, संस्थागत विकासमा सघाउ पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा सिन्धुपाल्चोक स्थायी घर भई तेह्रौ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण जित्न सफल कराँतेकी कुसुम खड्का, फुटबलका विकेश कुथु, तेक्वान्दोकी काजल श्रेष्ठ, जुडोकी देविका खड्कालाई सम्मान गरेको हो ।

त्यस्तै विद्यालय स्थापनार्थका सार्थै संस्थागत विकासमा योगदान गर्ने स्व. भक्तध्वज प्रधानलाई मरणोपरान्त सम्मान गरेको थियो । सिन्धुपाल्चोकको चौतारामा जन्मिएर कलाको मााध्यमबाट उच्च ओहदामा पुगेको प्रेमध्पज प्रधान, विद्यालयको शैक्षिक तथा अन्य क्षेत्रको विकासमा योगदान गर्ने माधवलाल कर्माचार्य, यही विद्यालयमा अध्ययन गरि पत्रकारिता क्षेत्रमा क्रियाशील राम केसी, सुरेश कसजू, विद्यालयका शिक्षक विनोद नेपालसहितलाई ृउहाँहरुको योगदानको कदर गर्नै सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक ध्रुवलाल श्रेष्ठले जानकारी दिए । सम्मानित व्यक्तिहलाई बार्षिकोत्सव मूल समारोहका प्रमुख अतिथि सिन्धुपाल्चोक क्षेत्र नंं १ का साँसद एवं पूर्व सूचना तथा सञ्चार मन्त्री अग्नीप्रसाद सापकोटाले सम्मानपत्र प्रदान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्