२०८१ भाद्र २३
                           

बस्याल ‘स्रष्टा सम्मान’द्वारा सम्मानीत

चौतारा- चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् साहित्यकार इन्द्र प्रसाद बस्याललाई स्रष्टा सम्मानद्वारा सम्मानित गरिएको छ ।

शब्द–सारथिको नियमित सुन्ने सुनाउने शृङ्खला अन्र्तगत शुक्रबार भएको ६७औं शृङ्खलामा दुःखी प्रकाशन सिन्धुपाल्चोक र शब्द–सारथिद्वारा संयुक्त रुपमा बस्याललाई सम्मान गरिएको हो । सिन्धुपाल्चोकमा रहेर साहित्य उन्नयनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजू र शब्द–सारथिका अध्यक्ष अमित घिमिरेद्वारा स्रष्टा बस्याललाई सम्मान गरिएको हो ।

सम्मान लगत्तै बोल्दै बस्यालले आफूलाई सिन्धुको साहित्यले ठूलो जिम्मेवारी सुम्पेको बताए । ‘मैले फुटकर रुपमा ४०, ४२ सालबाट लेख्न सुरु गरेको हुँ, तर सिन्धुपाल्लचोकले लेखनमा सधैं हौसला दिईरहयो’, सम्मानीत स्रष्टा बस्यालले भने– ‘अझ सम्मान गरेर मलाई ठूलो जिम्मेवारी सुम्पेको छ ।’ सिन्धुपाल्चोकमै रहँदा आपूmले लेखेका सिर्जनाहरुलाई पुस्तकको रुपमा प्रकाशन गर्ने सोच बनाएको भए पनि विविध कारणले पुरा हुन नसकेको उनले सुनाए । ‘म जहाँ रहेपनि सिन्धुपाल्चोकको स्रष्टाहरुको मायालाई भुल्न सक्ने छैन,’ उनले भने ।

कार्यक्रममा चौतारा साँगाचोकढी नगरपालिका वडा नं. ५ का अध्यक्ष नरमान श्रेष्ठ, १३ का अध्यक्ष रामप्रसाद गौतम, कार्यपालिका सदस्य सागर परियार लगायतले शब्द–सारथिले साहित्यको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै निरन्तर लाग्न आग्रहसहित आपूmहरुले गर्नसक्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए ।

सारथिका सचिव सुन्दर शिरीषले सञ्चालन गरेको शृङ्खलामा आठ जना स्रष्टाहरुले आफ्ना सिर्जना वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्