२०८१ भाद्र २३
                           

सम्मान, पुरस्कारसहित खेल प्रशिक्षणको शुभारम्भ

चौतारा- प्रथम जलवायु दिवस तथा शैक्षिक सम्मेलन २०७६ को प्रतिस्पर्धात्मक वक्तृत्वकलाका विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णप्राप्त खेलाडीहरुलाई आज एक कार्यक्रमको बीच सम्मान गरिएको छ ।

१३औं सागमा कराते खेलतर्फ ४५ केजी तौल समूहबाट स्वर्णपदक जित्न सफल चौतारा साँगाचोकगढी नगरपालिका– ६ की कुसुम खड्कालाई कार्यक्रममा ५० हजार रुपैंयासहित सम्मान गरिएको थियो । उनलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले खेलमार्फत सिन्धुपाल्चोकको विकास गर्नुपर्नेमा जोड दिँदै सम्मानित खड्कालाई आगामी खेलजीवनको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमकै बीच नगरपालिकाको खेलाडीहरुलाई खेलकुद सामग्रीको वितरण गरिनुको साथै नगरपालिकामा खेल प्रशिक्षणको शुभारम्भ भएको घोषणा गरिएको थियो । नगर खेलकुद विकास समिति र कर्मचारी मिलन केन्द्रको आयोजनामा भएको कार्यक्रमको समापन नगर खेलकुद विकास समितिका अध्यक्ष गणेश श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्