२०८१ भाद्र २३
                           

दिगो बिकासका लागी बाल सहभागिाता

दिगो बिकासका लागी बाल सहभागिाता

केशबलोचन शर्माकेशबलोचन शर्मा

मानव समाजको विकासक्रम संगसंगै मानिसको रहनसहन, भेषभुषा, व्यावसायिक ज्ञानको आदान प्रदान, जिवनशैली एवं सम्र्पूण जिवन पद्धतिमा क्रमिक परिवर्तन हुदैं आयो । यसरी परिवर्तन आउनुमा हस्तान्तरण प्रक्रिया वा पद्धतिको मुख्य भूमिका रहेको हुन्छ । जुन हस्तान्तरण हरेक चरणमा अघिल्लो समाज वा पुस्ताबाट आगामी पुस्तालाई हुदै आएका संस्कृतिहरु गन्तव्यसम्म पु¥याउन जिम्मेवारी हस्तान्तरण हुदै आए । समाज बिकासका सबै अवयवहरु अर्को पुस्तामा हस्तान्तरण भएका हुन्छन् । यो समाज बिकासको अनिवार्य प्रक्रिया पनि हो । जोे हुनै पर्दछ । समाज विकासको गतिलाई तिव्रता दिन । अन्यथा समाज परिवर्तन वा बिकासको गति हरेक समयावधिमा माथि चढ्छ र सर्वकाल एउटै विन्दुमा पुगेर टुगिंने क्रम निरन्तर रहिरहन्छ । समाज बिकासका प्रकृया वा पद्धतिहरु अघिल्लो पुस्तावाट आउदो पिढींलाई हस्तान्तरण हुन्छ । यहि हस्तान्तरणको उपयुक्त प्रक्रिया हो । परिवार भित्र आदान प्रदान हुने ज्ञान, सीप, पारिवारीक पद्धतिको बिकसित रुप अवलम्बन हुंदै समाज परिवर्तनका लागी प्रारम्भमा धार्मिक संघसंस्था, अनुष्ठान आदिले यो जिम्मेवारी पाएका थिए । समाजमा आएको सामाजिक, राजनीतिक, शैक्षिक बिकासका कारण समाज परिवर्तनका लागि संगठित भएका औपचारिक संघसंस्था मार्फत गरिने पद्धति आजको आधुनिक रुपमा स्थापना भयो । यसको एउटा उदाहरण बालबालिकाहरुको संघसंगठन पनि हो ।
बालबालिकाको सर्वाङ्गिण बिकासको बिषयमा औपचारकि रुपमा बिश्वव्यापी चासो सन १९९० बाट प्रारम्भ भएको मानिन्छ । यस भन्दा पूर्व बालबालिकाको बिकास, सुरक्षा आदि बिषय एउटा परिवारको सीमामा सिमित थियो र यसले बालबालिकाको नैसर्गिक अधिकारको मान्यता पाएको थिएन भन्दा अत्उुक्ति नहोला ।

समाजमा अग्रगामी परिवर्तन हुंदै जांदा बालबालिकाको बिकासको बिषय ले समेट्छविशुद्ध शैक्षिक संस्थाको अवधारणा समेट्न सक्छ भन्ने भयो र साही अनुसार बालबालिकाको बिकासको जिम्मेवारी शैक्षिक संस्थालाई मानियो । अझै पनि बालबालिकाको चौतर्फि बिकास गर्ने जिम्मेवारी शैक्षिक संस्थाहरुको मात्र हो भन्ने मानसकिता देखिन्छ । यसरी शैक्षिक संस्थाको जिम्मेवारीको उत्पत्ति र बिकास इतिहासलाई अध्ययन गर्दा शैक्षिक संस्थाले बालबालिका समाजको बिकासको आवश्यकता पुरा गर्न आफ्नो भूमिकालाई समयसापेक्ष परिवर्तन गर्न सकिरहेको पाईदैन । बालबालिकाको चौतर्फि बिकासको स्तरलाई समाज परिवर्तनको जग वा बालबालिकालाई समाज परिवर्तनका संवाहक अथवा भविष्यका कृयाशिल नागरिकको रुपमा आत्मसाते गर्न सकिरहेको पाइदैन । आपूmलाई समाज बिकासको जिम्मेवार नेतृत्व ठान्ने राज्य संयन्त्रका निकाय हुन वा नागरिक समाजको नाममा आपूmलाई समाज बिकासको खम्बा ठान्ने गैह्रसरकारी निकाय हुन चाहे राज्यको ढुकुटीबाट सेवा सुबिधा लिएर राज्य संयन्त्रका पाटएपुर्जा हुन जो कोहीले पनि बालबालिकाको चौतर्फि बिकासमा अन्तरमन बाट चासो दिइरहेको देखिदैन । बिकासका नीति निर्माता हुन चाहे श्रोतमा आधिपत्य रहेका व्यक्तित्व हुन तिनीहरुले बालबालिकाको बिकासलाई देखावटी योजना र कार्यान्वयनमा नै शक्ति खर्चेका छन्र भन्दा अन्यथा नहोला ।
देशको कुल जनसंख्याको झण्डै ४० प्रतिशत जनसंख्या १६ बर्ष मुनीका छन् । मानव मस्तिष्क बिकासको पद्धति अनुसार ९० प्रतिशत मानव मस्तिष्कको बिकास ६ वर्ष नपुग्दै भईसकेको हुन्छ । यस उमेरका बालकको जिवनमा कुनैपनि इन्द्रियबाट सिकेका कुरा उस्को जुन दिमागमा अंकुरण भएर रहेको हुन्छ । भने बाल मनोबिज्ञानका अनुसार सामाजिक संस्कार, मानविय आचरण, राष्ट्रिय अनुशासन आदि १४ वर्षको उमेर अगावै सिकाईदा सिकेका कुराको छाप मष्तिस्कमा रेखाङ्कन भएर बसेको । जुन सिकेको ज्ञान, सीप, धारणाको प्रभाव चाअि बालकको स्वाभाव, बानि भएर बिकास हुन्छ । यसरी बसेको वानी व्यहोराले उस्को जिवनमा प्रत्यक्ष प्रभाव पार्दछ । बालकको भविष्य कस्तो हुने वा बनाउने पहिलो पाठशाला घरपरिवार र सामाजिक वातावरण हो भने अर्को महत्वपूर्ण पाठशाला बिद्यालय हो । परिवारका अग्रज आमाबाउ, दाजु, दिदी आदिमा आफ्नो कनिष्ट सन्तानको भविष्य कस्तो बनाउने र सोही अनुसार सिकाउनेर व्यबहारमा लागु गराउदै जानु पर्दछ । बालक औपचारीक बिद्यालयमा आउन थाल्दछ अब अभिभावकको जिम्मेवारी शिक्षकशिक्षिकाको कांधमा आउंदछ । यसो भन्दैमा अभिभावकको जिम्मेवारी सकिएको भन्ने चाहि होईन । बिद्यालयको सहयोगी परिवार र परिवारको सहयोगी बिद्यालयले निर्वाह गर्नु पर्दछ । तर विडम्वना यो आपसी सहयोगको भूमिका निर्वाह गर्ने संस्कृति बिकास नै भएको छैन । बिद्यालय र परिवारको बिचमा असमजदारी बढिरहेको देखिन्छ ।

अहिलेका बालबालिकालाई समाजका असल नागरिक बालकको उमेर, सामाजिक परिवेशको केन्द्र बिन्दुमा रहेर औपचारीक अनौपचारीक शिक्षा, जिवनोपयोगी सीप, मानविय धारणा, सामाजिक स्वाभाव, सच्चरित्रको बानीको प्रारम्भ गराउनु पर्दछ । यसका लागि बिद्यालय परिवार, सामाजिक संघसंस्था आदिले बालबालिकाको बिकासको लागि स्थापना भएका परम्परागत वा औपचारीक संघसंस्थाहरुमा अर्थपूर्ण सहभागिता गराउनु पर्दछ । नियमित सहभागिताले बालबालिकालाई समाज बिकासका प्रकृया, समाजको अवयबहरुको भूमिका, महत्व र त्यस को कस्को भूमिका हुदो रहेछ आदि बुभ्mने अवशर प्राप्त गर्दछन् । परिवार के हो, कसरी चल्छ, परिवार भित्रको संरचनाको महत्व, त्यसमा आप्mनो भूमिका आदि राम्ररी बुभ्mन सक्दछन् । यसरी सानो उमेरमा सिकेका कुरा आदत् बन्छ । यसकारण समाज होस वा परिवारको कुनैपनि प्रकृयामा बालबालिकाको अर्थपूर्ण सहभागिता गराउन आबश्यक छ । यसले समाज बिकास प्रकृयामा दिगोपना ल्याउछ । समाज बिकासको प्रकृया या पद्धति साविकको कोशेढुङ्गाबाट चरणबद्धरुपमा अग्रगति भईरहन्छ । समाजको दिगो बिकासमा बालबालिकाको महत्वपूर्ण भूमिकालाई नीति, श्रोतसाधनको निर्णायक भूमिकामा रहेका जिम्मेवार सेवा प्रदायकहरुले अन्तस्करणबाट आत्मसात् गरिरहेको छैनन् भन्दा अत्युक्ति नहोला । आजका दिनमा बालबालिकाको नामको शिर्षकमा केहि नीति घोषणा भएका छन् कार्यान्वयन योजना छैन, न्युन बजेट विनियोजन गरिएको भएपनि कार्यक्रम चाहि ‘लुगा धोईस त बुढी भन्दा सुग्घिहेर्न बुढा’ भन्ने उखान चरितार्थ भएको यथार्थ कोहि कसैबाट छिप्न सक्दैन । विडम्वना, हामी परिवर्तन चाहन्छौ तर आपूm परिवर्तन हुन सक्दैैनौ । हामी समाजको दिगो बिकास भनेर कुर्लिरहेको तीन दशक भई सक्यो । दिगो बिकासमा सयौ तालिक गोष्टि सेमिनार आयोजना ग¥यौ, भाग लियौ तर हामीले आप्mनो र आप्mनो परिवारको दिगो बिकासको लागि के ग¥यौ?
पद्धति र प्रकृयामा नगई चल्ला कोरलिदैन । हामीले अण्डाको स्वाद थाहा पायौ, अमलेट बनाएर खायौ, चल्ला कोरल्ने तिर लागेनौ । अण्डा भित्रको जिवात्मालाई मार्न उत्प्रेरीत भयौ, जिवन समाप्त पारिदियौ तर उचित तापक्रम, वातावरण दिएर चल्ला कोरल्नु पर्द भन्ने कुरा कागतमा सिमित राख्यौ अनि कसरी हुन्छ समाजको दिगो बिकास? यस्तै पद्धतिगत कमीकमजोरी दोहरीरहदा २१औं शताव्दिमा पनि हाम्रो समाजलाई कसरी काहां दिसापिशाव गर्नु पर्छ भनेर राष्ट्रिय संचारबाट समेत सिकाउन परिरहेको छ । त्यसैमा हामी समाजमा अगुवा भनाउदाहरु गर्वका साथ पर्व मनाईरहेका छौ । यो भन्दा ठूलो विडम्वना के हुन सक्छ हाम्रो समाजमा । परिवारका पद्धतिमा होस वा समाज बिकासको पद्धतिमा होस बाल सहभागिताले खासै स्थान पाएको छैन । कहिं कतै बाल सहभागिाताको नाममा बाल समुह बनाएर एकदिन बाल अधिकारको सिद्धान्त ठेली भट्याएर बाल सहभागिता मान्ने त कहि कागको समूहमा बकुल्लाको उपस्थिति रहेको नाटक गराईन्छ र टाउका गनेर बाल सहभागिताको घोषणा गरिन्छ । यस्ता नाटक गर्नु भन्दा पहिले नाटककारले बाल सहभागिाताको मर्मलाई आत्मसात् गर्नु आबश्यक छ । मिहिन ढंगबाट त्यसका अन्तर्यसम्म बुभ्mन जरुरी छ । बाल सहभागिता गराउने पद्धतिलाई बाल मनोभावना, बाल मनोबिज्ञानमा आधारित भएर संचालन गर्न सक्ने क्षमता हुन आबश्यक छ । समाज बिकासका मुख्य ४ वटा पद्धति ४ ‘डि’ १) खोज अनुसन्धान (Discovery), २) समस्याको पहिचान अर्थात निदान (Diagnisis), ३) योजनाको बिकास (Develop) र ४) सेवा प्रदान कार्यान्वयन (Delivery) हुन । उपरोत्तः चार वटै क्षेत्रमा बालबालिकाको अर्थपूर्ण सहभागिता हुन जरुरी छ । उनीहरुको सहभागिताले निरन्तरता पाउदा जादा आजको बालक भोली त्यहि समाजको कृयाशिल सदस्य, समाज अगुवा हुन सक्छ । हिजोको दिनमा सिकेका परिवार तथा समाज बिकासका पद्धति, प्रकृयालाई उस्को औपचारीक शिक्षाको आडमा अनुभवलाई परिमार्जन गर्दै अगाडी बढ्दछ । अघिल्लो पूताले छोडेको बिन्दुबाट अगाडी बोकेर लैजान्छ र एउटा उच्च बिन्दूमा पु¥याउछ । यसरी पूस्तान्तर हुंदा समाज बिकासको बिन्दु पनि माथिल्लो बिन्दुबाट सुरु हुदै उच्त्तम बिन्दुमा पुग्ने क्रम चलिरन्छ भन्न सकिन्छ । यसरी समाज परिवर्तन गर्ने जिम्मेवारी रहेका वा चाहनेले पहिले दिगो बिकास र बाल सहभागिताको भावना, मर्मलाई आत्मसात् गर्न र सोही अनुसार आप्mनो व्यबहार तथा कार्य शैली परिवर्तन गर्ने इच्छा शक्ति उमार्न सक्नु पर्दछ । आशा गरौ हाम्रा सेवा प्रदायकहरुमा सकारात्मक इच्छा शक्तिको बिकास हुनेछ । अस्तु ।

लेखक – समाजशास्त्री एवं बाल अधिकार बिषयमा अनुभवी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्