२०८१ मंसिर ७
                           

बाह्रविसे तनावग्रस्त, प्रशासनद्वारा कर्फ्यु जारी

बाह्रविसे- बाह्रविसे नगरपालिका– ४ स्थित बाह्रविसे बजारमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा नगरपालिकाले भत्काउन सुरु गरेछि स्थानीय र प्रशासनबीच झडपहुँदा तनाब सिर्जना भएको छ ।

झडपको स्थिति सिर्जना भएको भन्दै प्रशासनले बाह्रविसे बजारमा कर्फ्यु जारी गरेको छ । हुलदङ्गा र अशान्ति हुन सक्ने सम्भावना देखिएको भन्दै आईतबारबाट विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म अर्को व्यवस्था नभएसम्मका लागि बाह्रविसे बजारबाट ३ सय मिटर पूर्व, पश्चिमतर्फ भोटेकोशी खोला, उत्तरतर्फ ईलाका प्रहरी कार्यालय र दक्षिणतर्फ बाह्रविसे बजारबाट पिस्कर र क्षमादेवी जानेबाटोको सुनकोशी चोकभित्र कर्फ्यु जारी गरेको हो ।

शुक्रबारबाट नगरपालिकाले घरटहरा भत्काउन सुरु गरेको थियो । बाह्रविसे नगरपालिकाले डोजरको प्रयोग गरेर अतिक्रमण गरेर बनाएका बजारका घर टहरा हिजोेबाट भत्काउन सुरु गरेपछि स्थानीयले अवरोध गर्न खोजेपछि झडपसमेत भएका थियो ।

प्रतिक्रिया दिनुहोस्