बाह्रविसे नगरपालिकाले बाह्रविसे बजार क्षेत्रमा घरटहरा भत्काएपछि उत्पन्न विवादको समस्या समाधानको नजिक पुगेको छ । माघ ३ गते नगरपालिकाले डोजर लगाइ टहरा भत्काएपछि उत्पन्न विवादको बारेमा नगरपालिका, पिडित पक्ष र प्रशाषनविच भएको वार्तामा समाधानको उपाए निकालिएको हो ।
आइतबार अबेर सम्पन्न वार्ताले नगरपालिकाका अधिकृत युगबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन गरी बजार क्षेत्रमा सडकको मापदण्ड तोकी १२ गतेभित्र प्रतिवेदन बुझाउने समय दिएको छ । कार्यदलले प्रतिवेदन बुझाएपछि पिडित पक्ष र नगरपालिकाविच पुनः बैठक बसी सहमती बनाएर मात्रै घर टहरा भत्काउन सुरु गरिने बताइएको छ ।
कार्यदलमा बाह्रबिसे नगरपालिकाका प्रशासन अन्तर्गत राजस्व शाखाका प्रमुख खड्का सहित बाह्रविसे नगरपालिका वडा नं. ३ का अध्यक्ष टेक बहादुर भण्डारी, बाह्रविसे बजार क्षेत्र पर्ने वडा नं. ४ का अध्यक्ष ज्ञानेन्द्रप्रसाद श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष सानु तामाङ र नगरपालिकाका इन्जिनियर सुरेन्द्र नेपाल रहेका छन् ।
भोली बुधबार कार्यदलको बैठक बसि अहिलेसम्म भएको काम बारे छलफल गरी आगामी दिनको रणनिती बनाई अगाडी बढ्ने कार्यदलका संयोजक युगबहादुर खड्काले जानकारी दिए । ‘हामी पहिले त अहिलेसम्म भएका कामकारबाहीको बारेमा छलफल गरी वास्तविक पिडा र पिडीतको पहिचान गर्छौं ।’ संयोजक खड्काले भने –‘त्यसपछि निश्चीत मापदण्ड बनाई त्यसकै आधारमा बजार सर्वेक्षण गरी प्रतिवेदन तयार पाछौं ।’
सडकसँग जोडीएका टहरा भत्काउने र घरमा अस्थायी रुपमा बनाइएको टप, छत, पाली, भ¥याङ् आदी हटाउने विषय आफुहरु बढी केन्द्रित हुने खड्काले बताए । बजारलाई सुन्दर र सुरक्षीत बनाउने नगरपालिकाको योजनामा साथ दिदैं सकेसम्म कम व्यक्तिलाई पिडा हुनेगरी आफुहरु काम गर्न इच्छुक रहेको खड्काले बताए । नगरपालिका र पिडिप पक्षसँग निरन्तर छलफलमा रही आफुहरु अगाडी बढ्ने र तोकीएकै समयमा प्रतिवेदन बुझाउने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्